Shittalpati
प्राज्ञिक विद्यार्थी परिषद् पुनर्गठन

पाल्पा, तानसेन बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पुनर्गठन भएको छ । उर्मिला विकको संयोजकत्वमा परिषद्को विहीबार पुनर्गठन गरिएको हो । जसको सह संयोजककम मिलन आले, सचिव विपिन नेपाली, सह सचिव गणेश बस्याल, कोषाध्यक्ष सपना राना रहेका छन् ।

यस्तै परिषद्को छात्रा प्रमुखमा रोशनी के.सी.,पत्रिका संयोजकमा मिना नेपालीलाई चयन गरिएको छ । परिषद्को सदस्यहरूमा सरिता घर्ती, मेनुका घर्ती, सुशीला घिमिर, कुसुम बि.क., विना गाहा, शिक्षक नायकमा गम्भीर रायमाझीलाई चयन गरिएको परिषद्ले जनाएको छ । परिषद् क्याम्पस इकाई समितिले क्याम्पस र नगरस्तरीय रूपमा विभिन्न सेवा, सचेतना एवं शैक्षिक कार्यक्रमहरू गर्दै आएको छ । विद्यार्थीहरूले नगर जिल्ला, प्रदेश र राष्ट्रिय कार्यक्रममा सहभागिता जनाई नेतृत्व र समन्वय सिपको विकास गरेका छन् । परिषदमा लागेका विद्यार्थीहरू विभिन्न ओहदामा समेत पुगी ज्ञान सीप र मनोवृत्तिको उच्चतम प्रयोग गरिरहेको परिषद्का शिक्षक नायक गम्भीर रायमाझीले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update