Shittalpati
एसइईको नतिजा साउन पहिलो हप्ता आउने

पाल्पा, असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यालयले यसपटक ढिला गर्ने भएको छ । विविध कारणले परीक्षणमा ढिलाई भएकाले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि साउन पहिलो सातासम्म कुर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । असार मसान्तभित्र गर्ने भनेर तयारी थालेको भए पनि उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने भएको पनिकाले जनाएको छ । साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरिएको यसले बताएको छ । देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गते एसइई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भई नसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म एसइई परीक्षा सञ्चालन भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update