पाल्पाको रिब्दीकोटमा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु
सोमबार, मंसिर २६, २०७९
जापान र फ्रान्स निर्यात गुल्मेली कफी, कफी खेतीमा किसानको आकर्षण
सोमबार, मंसिर २६, २०७९
गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ ।
उपप्राध्यापक खनालको पुस्तकमा ‘वीपीको व्यक्ति, कृति र प्रवृत्ति’
सोमबार, मंसिर २६, २०७९
त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालले नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको पुस्तक निकालेकी छन् । उनले ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला व्यक्ति, कृति, प्रवृत्ति’ नामक समालोचनात्मक कृति निकालेकी हुन् ।
लोक दोहोरी प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडा दिने
सोमबार, मंसिर २६, २०७९
नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको छ । प्रतिष्ठानले चिसो बढ्दै गएपछि फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको हो ।
समानुपातिकतर्फ समावेशी अनुसार नभएपछि पुनः पत्राचार
आइतबार, मंसिर २५, २०७९
निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिक तर्फको सूची समावेशी समूूह अनुसार नपठाएपछि पुनः पत्रचार गरेको छ । आयोगले बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन भन्दै पुनः पत्रचार गरेको हो ।
निर्वाचन आचारसंहिता फुकुवा
आइतबार, मंसिर २५, २०७९
निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।
आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ
आइतबार, मंसिर २५, २०७९
शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए । मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको...
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण
आइतबार, मंसिर २५, २०७९
गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै
आइतबार, मंसिर २५, २०७९
अन्तराष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ ।
कानुङ्ग मै महिला समूहद्वारा आश्रमलाई सहयोग
आइतबार, मंसिर २५, २०७९
जिल्लाको तानसेन नगरपालिका २ मेहलधारामा रहेको कानु मै महिला समूहले भूषालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
एमालेबाट समानुपातिकमा ३४ सांसद छानिए
शनिबार, मंसिर २४, २०७९
नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नामा टुंग्याएको हो ।
काँग्रेसले टुंग्यायो समानुपातिक सांसद
शनिबार, मंसिर २४, २०७९
नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक कोटामा ३२ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको नाम टुङ्गो लगाएका हुन् ।
पाल्पामा शान्ति समाजले पनि मनाइयो ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
शनिबार, मंसिर २४, २०७९
देशभर ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।


