पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर युवकको मृत्यु
बिहीबार, मंसिर २२, २०७९
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अधिवेशन : कलाकारदेखि पत्रकारलाई सम्मान गर्दै
बिहीबार, मंसिर २२, २०७९
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको सातौं जिल्ला अधिवेशन हुन लागेको छ । प्रतिष्ठानले मंसिर २९ गतेदेखि पुुष २ गतेसम्म तम्घासमा अधिवेशन गर्न लागेको हो ।
तानसेन–रिडी सडक खण्ड पन्ध्र दिनका लागि बन्द
बिहीबार, मंसिर २२, २०७९
तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा सकड चौडा पार्ने कार्य भइरहेकाले विहीबारदेखि सडक बन्द गरिएको हो ।
विद्यार्थी र लगानीकर्तालाई तानसेनमा सेयर बजारबारे शिक्षा
बिहीबार, मंसिर २२, २०७९
पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ तर सेयर बजार के हो ? र कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ । सेयर बजारबारे सामान्य...
पाल्पा उद्योग वाणिज्य संघमा पद हस्तान्तरण
बिहीबार, मंसिर २२, २०७९
पाल्पा उद्योग वाणिज्य संघको नव निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा अन्य पदाधिकारीलाई बुधबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो । नव निर्वाचित अध्यक्ष शैलेन्द्र भट्टराईलाई निवर्तमान अध्यक्ष राजु महर्जनले पद हस्तान्तरण गरेका थिए ।
तोरी खेतीमा किसानको आकर्षण बढेन
बिहीबार, मंसिर २२, २०७९
पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने ‘तोरी खेती सजिलो भएपनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने ।
नेवारी संस्कृति योमरी पुन्हि
बिहीबार, मंसिर २२, २०७९
आज मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा योमरी पुन्ही यसलाइ धान्य पूर्णिमा पनि भनिन्छ । यो पर्ब धानबालीसंग सम्बन्धित रहेकोले नै यस दिनलाई धान्य पूर्णिमा पनि भनिएको भनिन्छ । नेवारहरु यस पूर्णिमालाई थिंला पुन्हि पनि भन्दछन् । काठमाडौं उपत्यकाका अधिकांश टोलहरुमा आज साँझ बच्चाहरु ‘त्य: छिं त्य: बकछीं त्यः, लातापाता कुलिचाँ जुसि त्यः’...
आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण
बुधबार, मंसिर २१, २०७९
सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।
पत्रकारलाई उपचारमा छुट
बुधबार, मंसिर २१, २०७९
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचार सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा.कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे ।
प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी
बुधबार, मंसिर २१, २०७९
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको छ । सो प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो ।
त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै
बुधबार, मंसिर २१, २०७९
त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ...
पाल्पामा बिहे भोज खाएका एक सय ८० बिरामी, अधिकांसमा झाडापखाला
बुधबार, मंसिर २१, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा विवाहको भोज खाएका एक सय ८० जना बिरामी परेका छन् । स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका चिर्तुङ्गधारास्थित घोरबन्दका एक सय ३५ जना र प्यूूठानबाट जन्ती आएका ४५ जना गरी एक सय ८० जना विरामी भएका हुन् ।
गुल्मीमा विकास निर्माणप्रति सरोकारवालाको चासो
मंगलबार, मंसिर २०, २०७९
जिल्लाका सरोकारवालाहरुले विकास निर्माणप्रति चासो देखाएका छन् । उनीहरुले निर्माण व्यवसायीहरुको कारण विकास निमार्णका कामले गति लिन नसकेको भन्दै ढिलाई नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।


