एक करोड थान मतपत्र छाप्न बाँकी
सोमबार, कात्तिक १४, २०७९
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना
सोमबार, कात्तिक १४, २०७९
नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु
सोमबार, कात्तिक १४, २०७९
रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही
सोमबार, कात्तिक १४, २०७९
तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै...
कुमारी बैंकको मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा
सोमबार, कात्तिक १४, २०७९
कुमारी बैंकको मुद्दती खता खोल्ने ग्राहकले निशुल्क जीवन बीमा गर्न पाउने भएका छन् । बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजनामा यस्तो सेवा दिएको हो । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ ।
आचारसंहिता पालना र कार्यान्वयन गरियोस्
सोमबार, कात्तिक १४, २०७९
पछिल्लो समय नेपालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो भयो । सामान्य निष्ठा र इमान्दारीता बोकेको मानिसले निर्वाचन प्रणालीमा भाग लिन नै नसक्ने अवस्थाको विकास हुँदै गयो । निर्वाचनको क्रममा करोडौ खर्च नगरी नहुने अवस्थाको सिर्जना हुदै गयो । यी केहि सञ्चार माध्यम लगायत जनमान तथा राजनीतिक दलका नेतृत्व वर्गले बेला–बेलामा व्यक्त...
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, कात्तिक १३, २०७९
गुल्मीमा जिप दुर्घटना भएको छ । आइतबार बुटबलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जिप सत्यवती गाउँपालिका –६ स्थित उल्लिखोला र खैरेनी बिच बोटेगाउँमा दुर्घटना भएको हो । जिप सडकमा पल्टिएको छ ।
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
आइतबार, कात्तिक १३, २०७९
ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्...
बुलिङटारमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
आइतबार, कात्तिक १३, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पाको रम्भाबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु
आइतबार, कात्तिक १३, २०७९
जिल्लाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको ज्यान गएको छ । गत विहीबार रामपुर नगरपालिका–६ तालपोखरास्थित भित्री पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तिलकपुरका २२ वर्षीय दानबहादुर कुमालको आइतबार विहान मृत्यु भएको हो ।
तराईबाट आएर पहाडमा खेती
आइतबार, कात्तिक १३, २०७९
पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको संख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमानले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् । तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
आइतबार, कात्तिक १३, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाले अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
छठको धार्मिक महत्व
आइतबार, कात्तिक १३, २०७९
हरेक चाडपर्वहरुको आ–आफ्नै किसिमको धार्मिक, सामाजिक महत्व र विशेषता हुने गर्दछ । हिन्दुुहरुको महान पर्व दशै र तिहार सकिएरसँगै छठ पर्वको आगमन भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी उल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।


