कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक
आइतबार, कात्तिक १३, २०७९
पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको तार !
आइतबार, कात्तिक १३, २०७९
गुल्मीबाट पटक–पटक सांसद र मन्त्री भइसकेका गोकर्ण विष्टकै क्षेत्रमा हरियो रुखबाटै विजुलीको तार तानिएको छ । काठको पोल समेत नभए पछि इस्मा गाउँपालिका –२ बयस्कोटामा हरियो सालको रुखबाट विजुलीको तार टाँगिएको हो ।
पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ को मृत्यु, २५ घाइते
आइतबार, कात्तिक १३, २०७९
पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना भएको छ । मनाकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार विहान बुलिङटार–२, मथारमा दुर्घटना भएको हो ।
काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
शनिबार, कात्तिक १२, २०७९
नेपाली काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामक घोषणा पत्र सार्वजनिक गरेको हो ।
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर शिशुको मृत्यु
आइतबार, कात्तिक ६, २०७९
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक एक शिशुको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँका खेमबहादुर सारुको ३ वर्षीय शिशु मायुस सारुको मृत्यु भएको हो ।
प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ
आइतबार, कात्तिक ६, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम...
भित्रियो तिहार, आज कागको पूजा गरिदैं
आइतबार, कात्तिक ६, २०७९
नेपालीहरुको घर दैलोमा उज्यालोको पर्व तिहार भित्रिएको छ । शनिबार यमपञ्चक सुरु भएपछि हिन्दुु नेपालीहरुको घर आगनमा तिहार भित्रिएको हो । तिहार अन्तर्गत आज पहिलो दिन कागको पूजा गरिदैं छ । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।
रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’
आइतबार, कात्तिक ६, २०७९
बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महशुस भयो’, पौडेल भन्छन्,‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’ तानसेन...
निर्वाचन मतपत्र छाप्दै, ढुवानी गर्दै
आइतबार, कात्तिक ६, २०७९
निर्वाचन आयोगले छापिएका मत्रपत्रहरु ढुवानी गरिरहेको छ । उसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि छापिएका मतपत्रहरु सम्बन्धित क्षेत्रमा ढुवानी गरिरहेको हो । आयोगले अहिलेसम्म छापिएका समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र ६० जिल्लामा ढुवानी गरिसकेको जनाएको छ ।
मेगा बैंकले ल्यायो भू–सेवा केन्द्र
आइतबार, कात्तिक ६, २०७९
मेगा बैंक नेपालले पहिलो पटक भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
नेपाल संवत् : राष्ट्रिय संवत् : मौलिक संवत्
आइतबार, कात्तिक ६, २०७९
शक, सप्तर्षि , कलिगत, मञ्जुश्री, श्रीकृष्ण, बुद्ध, लक्ष्मण, महावीर निर्वाण, गुरु नानक, हिजरी, गुप्त, खाल्सा, हर्ष आदि नाम गरेका संवत्हरु सुन्नमा पढ्नमा पाइएतापनि हाल नेपालमा प्रचलनमा आएका संवत्हरु भने विक्रम संवत्, ईस्वी संवत्, नेपाल संवत् र बुद्ध संवत् हुन् । नेपालमा प्रचलित प्राचीन संवत्हरु मध्ये नेपाल संवत् पनि एक हो ...
श्रीमानले गरे श्रीमतीको हत्या
शनिबार, कात्तिक ५, २०७९
गुल्मीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका ७ वामीका ४२ वर्षीय सूूर्य बहादुर कुमालले आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमाललाई कुटेर हत्या गरेका हुन् ।


