निर्वाचनमा ७ सय ५३ स्थानीय तहका संरचना उपयोग गरिने
आइतबार, कात्तिक २७, २०७९
करेन्ट लागेर भैँसी मरे
आइतबार, कात्तिक २७, २०७९
जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो ।
एक गाग्री पानी लिन दुुई घण्टा पैदल
आइतबार, कात्तिक २७, २०७९
गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छिन । उनी विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् ।
ओडारमा बस्दै आएको जुनाको परिवारलाई घर
आइतबार, कात्तिक २७, २०७९
घर–सम्पति नभएर ओडारमा बस्दै आएका बागलुङको बडिगाड गाउँपालिका– ६ का एक दमाई परिवारलाई घर बनाई दिइएको छ । वर्षौदेखि खाल नजिकैको ओडारमा कष्टकर जीवन बिताउदै आएका जुना दमाईको परिवारलाई समाजसेवी लिलबहादुर थापाले घर बनाइदिएका हुन् ।
पाल्पाकी अधिकारीलाई ‘इन्टेग्रिटी आइकन–२०२२’
आइतबार, कात्तिक २७, २०७९
सडक विभागकी इन्जिनियर कल्पना अधिकारी यसवर्षको ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मानित भएकी छन् । पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानी, बुढीकोटकी अधिकारी सार्वजनिक प्रशासन क्षेत्रमा उत्कृष्ट काम गरेकाले ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मानित भएकी हुन् ।
भूपू सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा
आइतबार, कात्तिक २७, २०७९
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाले पाँचौ साधारण सभा मनाएको छ । संघले तानसेनको श्रीनगरमा एक औपचारिक कार्यक्रमका बिच सभा मनाएको हो । साधारण सभा नेपाली सेना तानसेन दि फेमस महेन्द्रदल गणका गणपति बालमुकुन्द विष्टले उद्घाटन गरेका हुन् ।
कुमारी बैंकको सेयरधनीलाई लाभांश पारित
आइतबार, कात्तिक २७, २०७९
कुमारी बैंक लिमिटेडले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले बाइसौँ वार्षिक साधारणसभामार्फत सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्छौं : राना
शनिबार, कात्तिक २६, २०७९
पाल्पा क्षेत्र (२) १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्ने बताएका छन् । शनिबार क्षेत्र २ (१) का विभिन्न टोलवस्तीमा पुुगेर घरदैलो तथा सभालाई सुम्बोधन गर्दै रानाले युवाहरुलाई गाउँमै उद्यशीलता र रोजगारी सिर्जना गर्ने बताएका हुन् ।
तिनाउमा भएका खनिजको उचित व्यवस्थापन गर्छौ : गठबन्धनको उम्मेदवार
शनिबार, कात्तिक २६, २०७९
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकामा रहेका खानी तथा खनिज पदार्थहरुको उचित व्यवस्थापन गर्ने बताएकाम छन् । उनीहरुले तिनाउका विभिन्न स्थानमा पुुगी घरदैलो तथा सभालाई सम्बोधन गर्दै यहाँका खानी तथा खानी जन्यवस्तुको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।
झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते
शनिबार, कात्तिक २६, २०७९
नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।
सावधानी अपनाऔं
शनिबार, कात्तिक २६, २०७९
नेपालमा अझै पनि कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । महामारी पछिल्लो समयमा केही साम्य भएको जस्तो देखिए पनि संक्रमित हुनेको संख्या दैनिक रुपमा देखिएकै छ । खोपले धेरै हदसम्म नियन्त्रण भए पनि निर्मूल हुन अझै सकेको छैन । त्यसैले साम्य भयो भनेर मख्ख पर्ने अवस्था छैन ।
मुक्तिनाथ बैंकले गर्याे महिला उद्यमीलाई सम्मान
शनिबार, कात्तिक २६, २०७९
मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । कृषि, पशुपालन तथा स–साना उद्यम सञ्चालन गरिरहेका उत्कृष्ट २ सय ६४ जना महिला उद्यमीलाई बैंकले सम्मान गरेको हो ।


