Shittalpati
सुकुम्बासी हतियारसहित प्रदर्शनमा

काठमाडौं, हटाउन खोजेपछि सुकुम्बासीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् ।

सुकुम्बासी र प्रहरीबीच झडप हुँदा काठमाडौं महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेको टाउकोमा चोट लागेको छ । उनीहरु हँसिया, लाठीलगायतका घरेलु हतियार बोकेर प्रदर्शनमा उत्रिएका थिए । स्थानीयले बैकल्पिक व्यवस्थाविना सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवरोध सिर्जना गरेका हुन् । सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध उनी नाराबाजी गरेका थिए । प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका दिन मंसिर ४ गते सुकुम्बासी बस्ती हटाउने सरकारले तयारी थालेपनि सोमबार मात्र महानगरले डोजरसहितको टोली थापाथली पठाएको हो । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विकल्पविना सुकुम्बासी बस्ती नहटाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन कार्यान्वयन हुन नपाउँदै बागमती एकीकृत सभ्यता विकास समितिको समन्वयमा काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाउने योजना बनाएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update