Shittalpati
रानीमहल सहकारीले मनायो १४ औं साधारणसभा

पाल्पा, रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा मनाएको छ । सहकारीले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभाग प्रमुख दुर्गा थापाले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले सहकारी भनेको एक आपसमा गरिने सहकार्य भएकाले शेयर सदस्यहरुको प्रमुख हितमा रहेर काम गर्न आग्रह गरे । उनले तानसेन भित्र सञ्चालन हुने सबैजसो सहकारीको अनुगमन, नियमन, कार्यप्रगतीको मूल्याङ्कन, विश्लेषण तानसेन नगरपालिकाले गर्ने भएकाले नीति नियमको पालना गर्नु सबै सहकारीको दायित्व भएको बताए । सरकारले एउटै प्रकृतिका सहकारीमा सदस्यता कायम गर्ने नियम बनाएकाले शेयर सदस्यहरुले मन पर्ने सहकारी रोज्न, अन्यमा शेयर बन्द गर्न प्रमुख थापाले अनुरोध गरे । सहकारीले शेयरमैत्री कार्यक्रम बढाएको, सचेतना अभियान नियमित रुपमा सञ्चालन गरेको, जेष्ठ नागरिक, सुत्केरी शेयर सदस्य, विरामी शेयर सदस्य तथा मृत्यु भएका शेयर सदस्यहरुलाई विशेष राहतका कार्यक्रमहरु सञ्चालन गरेकोमा आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम ल्याउन थापाले साधारण सभामा अनुरोध गरे । कार्यक्रममा संस्थाका अध्यक्ष भुगोलप्रसाद बैजु श्रेष्ठले संस्थाका शेयर सदस्यहरुलाई जटिल खालका कडा रोगहरु लागेमा, दुर्घटनामा परी घाईते भई अस्पतालमा भर्ना भएमा, शेयर सदस्य सुत्केरी भएमा, विरामी परेको संस्थाले राहत प्याकेज घोषणा गरेको बताए ।

सहकारीले तानसेनमा कपडा बैक सञ्चालन गर्ने, ठाउँ–ठाउँमा सस्तो पसल सञ्चालन गर्ने, नगरपालिकाको प्रत्येक वडा वडामा सहकारीको शाखा सञ्चालन गर्ने, सहकारी मर्जरको प्रक्रिया खुला राख्ने अभियानामा लागेको अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुलाई बताए । कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष होमनाथ न्यौपाने, पत्रकार कृष्ण पोखरेलले सहकारीलाई माथि उठाउन शेयर सदस्यहरु क्रियासिल भएर लाग्नुपर्नेमा जोड दिए । सहकारीले तानसेनमा मात्र सयौं व्यक्तिलाई रोजगारी दिएको, सहकारी प्रत्येक जनतासँग जोडिएकाले सहकारी सञ्चालकहरुले जनमैत्री भएर काम गर्न पत्रकार पोखरेलले सुझाव दिए । संस्थाकी व्यवस्थापक बसन्ती ढकालले संस्थाले वार्षिक रुपमा गरेका कामहरुको बारेमा जानकारी गराएकी थिइन् । साधारणसभामा संस्थाका लेखा समितिका संयोजक रवीमोहन श्रेष्ठले आ.व २०७८/०७९ को वार्षिक कारोवार रकम २४ करोड ४७ लाख ३४ हजार ५ सय ३५ रुपैयाँ शेयरपुजी, १ करोड ५३ लाख ४४ हजार ६ सय, बचत १३ करोड ८५ लाख १२ हजार, ऋण लगानी, ५ करोड ४२ लाख ६९ हजार, ऋण असुली ५ करोड ६४ लाख ७६ हजार कारोवारको बारेमा जानकारी गराएका थिए । संस्थाका अध्यक्ष भुगोलप्रसाद वैजु श्रेष्ठको सभापतित्व सचिव शोवाकान्त न्यौपानेको सञ्चालमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update