भैरहवाबाट नेपाल एयरलाइन्स दिल्ली उडान हुने
शुक्रबार, मंसिर २, २०७९
थप ८ जनामा कोरोना
शुक्रबार, मंसिर २, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा रिएको कोरोना परीक्षणमा थप ८ जनामा संक्रमण देखिएको हो ।
शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने
शुक्रबार, मंसिर २, २०७९
धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।
नेपालले यूएईलाई हरायो
शुक्रबार, मंसिर २, २०७९
नेपालले यूएईलाई हराएको छ । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । यूएईविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा ६ विकेटको जितसहित नेपाल च्याम्पियन बनेको छ ।
उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
शुक्रबार, मंसिर २, २०७९
उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा एचआरडी कोरियाबाट प्राप्त भएको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षामा आठ हजार सात सय ८५ जना उतीर्ण भएका छन् ।
अर्थोपार्जनको पर्खाइमा तीनमुखे पुल
शुक्रबार, मंसिर २, २०७९
नेपालका चारधाममध्येको एक धाम रूरू क्षेत्र । जहाँ तीन जिल्लाको संगमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ ।
निर्वाचनको तयारी पूरा, प्रचार गर्न नपाइने
शुक्रबार, मंसिर २, २०७९
निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सबै तयारी पूरा भएको बताएका हुन् । व्यस्थापकीय काम सकिएको र सुरक्षा व्यवस्था पनि मिलाइसकिएको आयोगले जनाएको छ ।
एनसेलको प्याकेजसँगै चुनावी अपडेट
शुक्रबार, मंसिर २, २०७९
एनसेल आजियाटा लिमिटेडका ग्राकले अब प्याकसँगै चुनावी अपडेट लिन सक्ने भएका छन् । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले ल्याएको निर्वाचन लक्षित प्याकेजको उपयोग गरी ग्राहकले चुनावी अपडेट लिन सक्नेछन् । एनसेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा ग्राहकले अपडेट लिन सकुन् भन्ने उद्देश्यले विभिन्न डेटा र भ्वाइस प्याक...
यस्तो छ घर्तीको पहलमा पाल्पामा ल्याइएका बजेट योजना
बिहीबार, मंसिर १, २०७९
जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिकाका विभिन्न वडाहरुमा प्रदेश सभा सदस्य पदका उम्मेदवार तुलाराम घर्ती बसन्तले पचास करोड भन्दा बढीको काम गरेका छन् । उनले पहिलो पटक निर्वाचित भएपछि पाँच वर्षको अवधिमा यस क्षेत्रमा सडक, सिंचाई, यातायात, पूर्वाधार, रोजगारी, स्वास्थ्य, पशुपालन, युवा स्वरोजगार लगायतका क्षेत्रमा प्रदेश सरकारबाट बजेट समेत...
२६ संक्रमित डिस्चार्ज
बिहीबार, मंसिर १, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पताल तथा होमआइशोलेसनमा उपचारत थप २६ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
मतदान अधिकृत बर्खास्त
बिहीबार, मंसिर १, २०७९
नवलपरासीमा एक मतदान अधिकृतलाई बर्खास्त गरिएको छ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई बर्खास्त गरिएको हो ।
सोम जनताको काममा महिनामै एघार पटक काठमाडौं–पाल्पा
बिहीबार, मंसिर १, २०७९
नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय सबैभन्दा धेरै पटक काठमाडौं पाल्पा आउने जाने गर्ने नेतामा पर्छन् । जनताका साना साना सुख दुखमा भेट्न घरमै पुग्ने नेता पाण्डेय अहिले पाल्पा क्षेत्र नं. २ मा प्रतिनीधिसभा सदस्य पदका उम्मेदवार बनेका छन् । पाण्डेय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।
‘उज्यालो पाल्पा बनाउने मेरो लक्ष्य’
बिहीबार, मंसिर १, २०७९
२०७४ को प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फबाट प्रदेश सांसदमा निर्वाचित वीरबहादुर रानाले सांसद भएकै दिनदेखि पाल्पालाई समृद्ध र उज्यालो बनाउने अठोट गरेका थिए । सांसदको भूमिकामा रहेदेखि नै पाल्पा र पाल्पावासीको समृद्धी र विकासमा अहोरात्र खटेका राना प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै कूूल प्रसाद केसी नेतृत्वको गठबन्धन सरकारको उर्जा...


