नगर प्रमुख निस्किए सडक पेटिका सामान उठाउन
शनिबार, कात्तिक १९, २०७९

तानसेनलाई हरित र सफा शहरको रुपमा विकास गरिने
शनिबार, कात्तिक १९, २०७९
तानसेन नगरपालिकाले नेपाल नगरपालिका संघसँग मिलेर खानेपानी सरसफाई क्षेत्रमा सुसासन, सुदृढिकरण कार्यक्रम लागु गर्ने भएको छ ।
नेपाल नगरपालिका संघसँग भएको अन्तक्र्रिया तथा छलफल कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकालाई पाँच वर्ष भित्र ग्रिन शहर, स्वच्छ, सफा शहरको रुपमा परिचित गराउने बताए ।
पाल्पामा आइपुगे निर्वाचन सामग्री, मतदान केन्द्र पठाउने तयारी
शनिबार, कात्तिक १९, २०७९
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पाल्पाका लागि आवश्यक निर्वाचन सामग्री जिल्ला आइपुगेको छ । दुुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रत्यक्ष तर्फको मतपत्र बाहेक सबै किसिमका निर्वाचन सामग्रीहरु आइपुगेको हो ।

तुलसीको विवाह गरी मनाइयो एकादशी
शुक्रबार, कात्तिक १८, २०७९
तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । शुक्रबार घर–घरमा रहको तुलसीको दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।

पाल्पामा गठबन्धनको विजयी नै युवाको जित हो : संयोजक श्रेष्ठ
शुक्रबार, कात्तिक १८, २०७९
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनको विजयी नै युुवाको जित भएको बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको जित नै सिंगो जिल्लाका युवाहरुको जित रहेको बताएका हुन् ।

निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न
शुक्रबार, कात्तिक १८, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ ।

पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु
शुक्रबार, कात्तिक १८, २०७९
पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक चापकोट नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।

सन्दीप लामिछानेलाई कारागार चलान गरिँदै
शुक्रबार, कात्तिक १८, २०७९
बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

रामपुरमा नगर प्रमुख नै निस्किए सडक पेटिमा राखिएका सामान उठाउन
शुक्रबार, कात्तिक १८, २०७९
जिल्लाको रामपुरमा सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफै निस्किएका छन् । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफैले अव्यवस्थित सामग्रीहरु हटाउन थालेका हुन् ।

सुुरू भयो सत्यवतीमा अनौठो मेला, ‘सत्यवती बज्यै’सँग चिच्याएर मागिदै वर
शुक्रबार, कात्तिक १८, २०७९
प्रायः मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शिवाद माग्ने गरिन्छ । हिन्दु धर्ममा मनमनै ‘वर’ माग्नु नौलो होइन । तर पाल्पाको तिनाउ गाउँपालिका –४ कोलडाँडास्थित सत्यवती ताल र माईको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । ताल र मन्दिरको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्चाएर ‘सत्यवती बज्यै’...

धानमा लागेन दाना, किसान चिन्तित
शुक्रबार, कात्तिक १८, २०७९
पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए ।

आज हरिबोधिनी एकादशी
शुक्रबार, कात्तिक १८, २०७९
आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो ।