पाल्पा–१ मा एमालेका आचार्य विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा–२ मा पूर्व मन्त्री पाण्डेलाई हराउँदै एमालेका गैर विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई हराउँदै नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् ।
पाल्पा २ (२) मा माओवादीका घर्ती विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तुुलराम घर्ती मगर विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतले पछि पार्दै विजयी भएका हुन् ।
गुल्मी –१ मा डा.चन्द्र भण्डारी विजयी
शुक्रबार, मंसिर ९, २०७९
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी गुुल्मी क्षेत्र नंं १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी भन्दा एक हजार ५ सय ९२ मत बढी ल्याएर विजयी भए । मुख्य निर्वाचन कार्यालय तम्घासका अनुसार ३३ हजार ७ सय ४४ मत ल्याएर भण्डारी विजयी भएका हुन्...
मुख्यमन्त्रीको सहज बाटोमा राना
शुक्रबार, मंसिर ९, २०७९
नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना उम्मेदवारी दिनुपूर्व पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका थिए । रानाले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीको भागमा क्षेत्र नं. २ को...
औपचारिकतामा कर दिवस
शुक्रबार, मंसिर ९, २०७९
यस वर्षको कर दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि सम्मानका कार्यक्रम गरी कर दिवस मनाइएको हो । एक आर्थिक वर्षभित्र विभिन्न क्षेत्रबाट सरकारलाई बढी कर बुझाउने उद्योगी–व्यवसायी र संघसंस्थालाई सम्मान गरेर दिवसको औपचारिकता पूरा गरिएको छ ।
पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित
शुक्रबार, मंसिर ९, २०७९
पाल्पाका क्रियाशिल पत्रकार प्रकाश नेपाल ‘कम्मिट टु वक्र्क’ अवार्डबाट सम्मानित भएका छन् । नेपाललाई बागमती टेलिभिजन नेटवर्क प्रालिले उक्त अवार्डबाट सम्मान गरेको हो । पाल्पा संवाददाताको रुपमा रहेर टेलिभिजनलाई पुर्याएको योगदानको कदर गर्दै टेलिभिजनले नेपाललाई वेस्ट कमिनमेन्टका रुपमा सम्मान गरेको छ ।
महिला हिंसा अन्त्य गरौं
शुक्रबार, मंसिर ९, २०७९
महिला माथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पुर्याउने कुनै पनि कार्य गर्नु हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पुर्याउने कार्य हिंसा हो ।
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको रोचक प्रतिस्पर्धा, संघर्ष गर्दै ज्ञवाली
बिहीबार, मंसिर ८, २०७९
गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ । दुवै प्रभावशाली नेता भएकाले पनि यि दुईबीचको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको हो ।
रवि लामिछाने भारी मतान्तरसहित विजयी
बिहीबार, मंसिर ८, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।
गुल्मी–२ :प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी
बिहीबार, मंसिर ८, २०७९
गुल्मीको क्षेत्र नम्बर २ को दुुई वटै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् । २ (१) को प्रदेश सभामा डिल्लीराज भुसाल र २ (२) को प्रदेश सभामा दिनेश पन्थी विजयी भएका हुन् । प्रदेश सभा (१) मा एमालेका उम्मेदवार भुसाल एक हजार ४९ को अग्रतासहित १४ हजार दुई सय...
सहुलियतपूर्ण कर्जा लिने बढे
बिहीबार, मंसिर ८, २०७९
सरकारले विपन्न, सीमान्तकृत तथा नयाँ सोच भएकालाई सघाउने गरी सुरु गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रममा ऋण लिने बढेका छन् । ब्याजमा अनुदान दिने व्यवस्थाका कारण पनि यस कार्यक्रमबाट ऋण लिनेको संख्या बढ्दै गएको हो ।
चरम महँगीको मार
बिहीबार, मंसिर ८, २०७९
देश निर्वाचनको माहोलमा छ । सबैको ध्यान जित हारतर्फ नै छ । तर यही मेसोमा बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले भने सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहेको छ ।


