Shittalpati
मुक्तिनाथ बैंकले गर्याे महिला उद्यमीलाई सम्मान
मुक्तिनाथ बैंकले गर्याे महिला उद्यमीलाई सम्मान मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । कृषि, पशुपालन तथा स–साना उद्यम सञ्चालन गरिरहेका उत्कृष्ट २ सय ६४ जना महिला उद्यमीलाई बैंकले सम्मान गरेको हो ।
प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’
प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’ विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैं पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले तत्काल स्वास्थ्य परिक्षण गर्न नपाएर घण्टौँसम्म पालो पर्खेर बस्नुपर्ने समस्या बिरामीले झेल्नुपर्छ ।
पहिलो पटक भोट हाल्दै कैदीबन्दी, पाल्पा कारागारमा ६३ मतदाता
पहिलो पटक भोट हाल्दै कैदीबन्दी, पाल्पा कारागारमा ६३ मतदाता कारागारमा रहेका कैदीबन्दीहरुले यस पटक मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कारागारमा रहेका कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका हुुन् ।
माडी चक्रपथलाई व्यवसायिक र आर्थिक रुपमा विकास गर्छौं : गठबन्धन उम्मेदवार
माडी चक्रपथलाई व्यवसायिक र आर्थिक रुपमा विकास गर्छौं : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले माडी चक्रपथलाई व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले शुक्रबार माथागढी गाउँपालिकाको चिदीपानीमा घरदैलो तथा सभामा बोल्दै माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी व्यवसायिक...
चितुवाको आक्रमणबाट तीन घाइते
चितुवाको आक्रमणबाट तीन घाइते चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् ।
चुनावले पेट्रोलको खपत वृद्वि
चुनावले पेट्रोलको खपत वृद्वि मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै पेट्रोलको खपतमा समेत वृद्धि भएको छ । चुनाव प्रचारका क्रममा सवारी साधनको प्रयोग बढेकाले पेट्रोलियमको खपत वृद्धि भएको हो । सामान्य अवस्थाभन्दा चुनावको बेला पेट्रोलियमको खपत बढ्ने गर्छ । चुनावमा जित्ने आशमा उठेका उम्मेदवारले बुताले भ्याएसम्म खर्च गर्छन् ...
गुल्मीको दिगाममा सधैंको समस्या : सडक, बिजुली र खानेपानी
गुल्मीको दिगाममा सधैंको समस्या : सडक, बिजुली र खानेपानी गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले त्यहाँ कुनै नयाँ कुरा सुनेन्, नेताहरूको उही पुरानै भाषणले उनलाई वाक्क लाग्यो ...
घोषणापत्र कार्यान्वयनका लागि कि, घोषणा गर्न ?
घोषणापत्र कार्यान्वयनका लागि कि, घोषणा गर्न ? विशेषतः २०७९ चुनावी वर्ष बन्यो । गत वैशाखमा स्थानीय तहको निर्वाचनपछि देश अहिले प्रदेश र संघीय निर्वाचनमा होमिएको छ । राजनीतिक दल र तिनका उम्मेदवारहरु जनतालाई आ–आफ्नो पक्षमा पार्न तछाड मछाड गरिरहेका छन् । अहिले उनीहरु मतदाताको घरदैलो, खेत बारीमै पुगेर मत मागिरहेका छन् ।
पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो
पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहा सहितको टोलीले रम्भा गाउँपालिकाका विभिन्न वडामा घरदैलो सहित ठाउँ–ठाउँमा चुनावी सभा गरेको छ । प्रचार प्रसार संगै फक्सिङ्गकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार गाहाले परिवर्तनसंगै पाल्पाको क्षेत्र नं. १ को समग्र विकासको लागि...
तानसेनको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउँछौं : गठबन्धन उम्मेदवार
तानसेनको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउँछौं : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले तानसेन नगरपालिका –१० तेल्घामा रहेको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका छन् । उनीहरुले विहीबार तेल्घामा युवा भेला तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गुफाचौर आफैमा धार्मिक तथा पर्यटकीयस्थल भएकाले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले त्यसको गुुरु योजना बनाएर धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका...
शाइन रेसुङ्गा बैंक तानसेनद्वारा वृक्षारोपण
शाइन रेसुङ्गा बैंक तानसेनद्वारा वृक्षारोपण शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तानसेन शाखाले जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा वृक्षारोपण गरेको छ । बैंकले आफ्नो १४ औं वार्षिक उत्सव तथा सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत हुुँगीस्थित जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको हो । वित्तिय कारोवारसँगै सामाजिक कार्यमा उल्लेखीय काम गर्दै आएको बैंकले फलफूल तथा अन्य वनस्पतीजन्य एक सय विरुवाहरु...
Weather Update