Shittalpati
इमान्दारितापूर्वक जनताको सेवामा : मन्त्री राना
इमान्दारितापूर्वक जनताको सेवामा : मन्त्री राना पाल्पा क्षेत्र (२) १ का सत्ता गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताएका छन् । आइतबार यम्घाको दर्पुुक, मदनपोखराको दमकडा लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवामा रहन चाहेको बताएका हुन्...
निर्वाचनमा ७ सय ५३ स्थानीय तहका संरचना उपयोग गरिने
निर्वाचनमा ७ सय ५३ स्थानीय तहका संरचना उपयोग गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
करेन्ट लागेर भैँसी मरे
करेन्ट लागेर भैँसी मरे जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो ।
एक गाग्री पानी लिन दुुई घण्टा पैदल
एक गाग्री पानी लिन दुुई घण्टा पैदल गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छिन । उनी विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् ।
ओडारमा बस्दै आएको जुनाको परिवारलाई घर
ओडारमा बस्दै आएको जुनाको परिवारलाई घर घर–सम्पति नभएर ओडारमा बस्दै आएका बागलुङको बडिगाड गाउँपालिका– ६ का एक दमाई परिवारलाई घर बनाई दिइएको छ । वर्षौदेखि खाल नजिकैको ओडारमा कष्टकर जीवन बिताउदै आएका जुना दमाईको परिवारलाई समाजसेवी लिलबहादुर थापाले घर बनाइदिएका हुन् ।
पाल्पाकी अधिकारीलाई ‘इन्टेग्रिटी आइकन–२०२२’
पाल्पाकी अधिकारीलाई ‘इन्टेग्रिटी आइकन–२०२२’ सडक विभागकी इन्जिनियर कल्पना अधिकारी यसवर्षको ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मानित भएकी छन् । पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानी, बुढीकोटकी अधिकारी सार्वजनिक प्रशासन क्षेत्रमा उत्कृष्ट काम गरेकाले ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ बाट सम्मानित भएकी हुन् ।
भूपू सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा
भूपू सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाले पाँचौ साधारण सभा मनाएको छ । संघले तानसेनको श्रीनगरमा एक औपचारिक कार्यक्रमका बिच सभा मनाएको हो । साधारण सभा नेपाली सेना तानसेन दि फेमस महेन्द्रदल गणका गणपति बालमुकुन्द विष्टले उद्घाटन गरेका हुन् ।
कुमारी बैंकको सेयरधनीलाई लाभांश पारित
कुमारी बैंकको सेयरधनीलाई लाभांश पारित कुमारी बैंक लिमिटेडले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले बाइसौँ वार्षिक साधारणसभामार्फत सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्छौं : राना
गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्छौं : राना पाल्पा क्षेत्र (२) १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्ने बताएका छन् । शनिबार क्षेत्र २ (१) का विभिन्न टोलवस्तीमा पुुगेर घरदैलो तथा सभालाई सुम्बोधन गर्दै रानाले युवाहरुलाई गाउँमै उद्यशीलता र रोजगारी सिर्जना गर्ने बताएका हुन् ।
तिनाउमा भएका खनिजको उचित व्यवस्थापन गर्छौ : गठबन्धनको उम्मेदवार
तिनाउमा भएका खनिजको उचित व्यवस्थापन गर्छौ : गठबन्धनको उम्मेदवार वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकामा रहेका खानी तथा खनिज पदार्थहरुको उचित व्यवस्थापन गर्ने बताएकाम छन् । उनीहरुले तिनाउका विभिन्न स्थानमा पुुगी घरदैलो तथा सभालाई सम्बोधन गर्दै यहाँका खानी तथा खानी जन्यवस्तुको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।
झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते
झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।
Weather Update