Shittalpati
समयमै काम नगर्ने बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
समयमै काम नगर्ने बाह्र ठेकेदार कम्पनी कालोसूचीमा समयमै काम सम्पन्न नगर्ने बाह्र ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिवद्धता बमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारवाही गरेको हो । कालोसूचीमा परेका कम्पनीमा भारत–सप्तकोसी जेभी काठमाडौँ, हाइवे कन्स्ट्रक्सन प्रालि, भिधि बिल्डर्स प्रालि, साइबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकूल निर्माण सेवा, हाइग्रिवा/सिद्धि...
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला जिल्लाका विभिन्न क्षेत्रमा दुई बेवारिसे शव फेला परेका छन् । यहाँको बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टा–छुट्टै स्थानमा बेवारिसे शव फेला परेका हुन् ।
समानुपातिकतर्फ एक करोड मतगणना
समानुपातिकतर्फ एक करोड मतगणना प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना...
स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन
स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ ।
यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी
यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो ।
होटलहरुको भिडमा तानसेनमा खुल्यो ‘ह्वाइट हाउस रिसोर्ट’
होटलहरुको भिडमा तानसेनमा खुल्यो ‘ह्वाइट हाउस रिसोर्ट’ पाल्पाको तानसेनलाई नेपालको दार्जिलिङ्गका रुपमा चिनिन्छ । यहाँ थुपैं ऐतिहासिक पर्यटकीय, धार्मिक तथा पुरातात्विक सम्पदाहरु रहेका छन् । जसका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको पहिलो रोजाई तानसेन बन्ने गर्दछ । यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी साना, ठूला लगानीका थुप्रै होटलहरु सञ्चालनमा छन्, भने केही खुल्ने क्रममा छन् ।
मतदातालाई धन्यवाद दिन घरदैलोमा मन्त्री राना
मतदातालाई धन्यवाद दिन घरदैलोमा मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना विजयी भएपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि राना मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा पुगेका हुन् ।
बाराही हाइड्रोपावरको आइपिओ आउँदै
बाराही हाइड्रोपावरको आइपिओ आउँदै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन गर्ने भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् ।
बुटवलमा औद्योगिक प्रदर्शनी हुने
बुटवलमा औद्योगिक प्रदर्शनी हुने आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो ।
Weather Update