काठमाडौं–४ मा गगन थापा विजयी
मंगलबार, मंसिर ६, २०७९
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो
मंगलबार, मंसिर ६, २०७९
पाल्पामा स्थानीय तहभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाभर ६० दशमलव ९४ प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदात रहेकोमा १ लाख २२ हजार ६ सय ९४ मत खसेको हो ।
एक सय ७९ वित्तीय संस्थाको लाइसेन्स खारेज
मंगलबार, मंसिर ६, २०७९
एक सय ७९ वित्तिय संस्थाहरुको लाइसेन्स खारेज भएको छ । मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म राष्ट्र बैंकले एक सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको हो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने...
गुल्मी –२ मा गोकर्ण विष्टको अग्रता
मंगलबार, मंसिर ६, २०७९
छिल्लो मत परिणाम अनुसार जिल्लाको क्षेत्र नं .२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमाले नेता तथा पूर्ण मन्त्री गोकर्णराज विष्ट ८ हजार ७७ मत ल्याएर अग्रस्थानमा छन् ।
पाल्पामा एमाले अगाडि, पछ्याउदै गठबन्धन
मंगलबार, मंसिर ६, २०७९
,पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अन्ुसार एमालेका उम्मेदवार अगाडि आएका छन् ।
पाल्पा –२ मा गठबन्धन अगाडि
सोमबार, मंसिर ५, २०७९
पाल्पा क्षेत्र नं . २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
पाल्पा क्षेत्र नं . १ मा पनि थालियो मत गणना
सोमबार, मंसिर ५, २०७९
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भएको छ । करिव ६ः१५ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको हो । यहाँ निस्दी गाउँपालिका १ को बाकामलाङबाट मतगणना सुरु भएको छ ।
पाल्पा क्षेत्र नं. २ को मत गणना सुुरु
सोमबार, मंसिर ५, २०७९
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । करिव ४ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको मत गणनास्थलबाट हाम्रा संवाददाता कृष्ण पोखरेलले बताए ।
गर्भवतीको हेलिकप्टरबाट उद्धार
सोमबार, मंसिर ५, २०७९
कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता
सोमबार, मंसिर ५, २०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।
पाल्पामा सर्वदलीय बैठक, केही बेरमा मतगणना हुने
सोमबार, मंसिर ५, २०७९
पाल्पामा मतगणनाको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु हुनेछ ।
बैतडी जिप दुर्घटना, चार प्रहरीको मृत्यु
सोमबार, मंसिर ५, २०७९
बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनाम परी चार जना प्रहरीको मृत्युभएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो...


