लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने
बिहीबार, पुस १४, २०७९
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व
बिहीबार, पुस १४, २०७९
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्वव्यापी रुपमा जनवायु परिवर्तनको असर देखापर्न थालेपछि विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी गराउने उद्देश्यले गुल्मीमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार गर्दै
बिहीबार, पुस १४, २०७९
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गर्न लागेका छन् । उनीहरुले यही पुस १७ गतेदेखि एकीकृत कारोबार गर्न लागेका हुन् ।
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता बनोस्
बिहीबार, पुस १४, २०७९
मुलुकमा नयाँ सरकार गठन भइसकेको छ । अब केही दिनमै सरकारले पूर्णता पाउने छ । जनताको प्रतिनिधिको रुपमा नयाँ सांसद आइसकेका छन् । तिनै सांसदबाटै सरकार निर्माण हुने र मन्त्री बन्ने भएकाले सरकारले इमानदारितापूर्वक भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्छ ।
नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी
बुधबार, पुस १३, २०७९
पाल्पाका कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्ता तोकिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोका सहायकरथी भण्डारीले बुधबार नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । उनले सूचना तथा जनसम्पर्क निर्देशनालयमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते
बुधबार, पुस १३, २०७९
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल टि ट्वान्टी क्रिकेटः लुम्बिनीको जित
बुधबार, पुस १३, २०७९
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो ।
काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
बुधबार, पुस १३, २०७९
नेपाली काँंग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उसले यही पुस २२ गते केन्द्रीय समितिको बैंठक बोलाएको हो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।
स्नातक पढ्दै गरेकी विपना चिया बेच्दै
बुधबार, पुस १३, २०७९
स्नातक प्रथम वर्षमा अध्ययनरत गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगेकी छन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै शहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । तर उनले भने जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९०...
काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक
बुधबार, पुस १३, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आफ्नै पार्टीको नेतृत्वलाई कडा आलोचना प्रहार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि आफ्नै नेतृत्वलाई उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचनात्मक दनक दिएका हुन् ।
मेगा र इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा
बुधबार, पुस १३, २०७९
मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा गएका छन् । मेगा बैंकको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेसँगै मर्जर प्रक्रियामा गएका हुन् ।
अब पोलियो विरुद्धको खोप १४ हप्तामा
मंगलबार, पुस १२, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी
मंगलबार, पुस १२, २०७९
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था...

