प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी
बुधबार, मंसिर २१, २०७९
त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै
बुधबार, मंसिर २१, २०७९
त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ...
पाल्पामा बिहे भोज खाएका एक सय ८० बिरामी, अधिकांसमा झाडापखाला
बुधबार, मंसिर २१, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा विवाहको भोज खाएका एक सय ८० जना बिरामी परेका छन् । स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका चिर्तुङ्गधारास्थित घोरबन्दका एक सय ३५ जना र प्यूूठानबाट जन्ती आएका ४५ जना गरी एक सय ८० जना विरामी भएका हुन् ।
गुल्मीमा विकास निर्माणप्रति सरोकारवालाको चासो
मंगलबार, मंसिर २०, २०७९
जिल्लाका सरोकारवालाहरुले विकास निर्माणप्रति चासो देखाएका छन् । उनीहरुले निर्माण व्यवसायीहरुको कारण विकास निमार्णका कामले गति लिन नसकेको भन्दै ढिलाई नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
पाल्पामा बिहे भोज खाएपछि सिंगो गाउँका नै विरामी
मंगलबार, मंसिर २०, २०७९
जिल्लाको एक गाउँमा बिहेको भोज खाएपछि सबै जना विरामी भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा शनिबार बिहे भोज खाएका एकै गाउँका एक सय भन्दा बढी व्यक्ति विरामी परेका हुन् ।
टिपर दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, मंसिर २०, २०७९
नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय
मंगलबार, मंसिर २०, २०७९
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ ।
बिहे भोज खानका ३५ जना जन्ती बिरामी
मंगलबार, मंसिर २०, २०७९
मा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए ।
पाल्पाका सामुदायिक विद्यालयमै कान परीक्षण, विद्यार्थी उत्साहित
मंगलबार, मंसिर २०, २०७९
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हो । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा पनि विद्यार्थीको स्वास्थ्य उपचार सम्बन्धी व्यवस्था पनि गरिएको छ ।
तानसेनको तेल्घामा पुल बनाउन मन्त्री रानाले गरे प्रारम्भीक अध्ययन
मंगलबार, मंसिर २०, २०७९
जिल्लाको तानसेन नगरपालिका १० तेल्घाको सुरुङतुङ खोलामा पक्की पुल निर्माण गर्नको लागि प्रारम्भीक अध्ययन गरिएको छ । तेल्घा (आमडाँडा) र सुरुङतुङ (गडशाल) लाई जोड्न सुरुङतुङ खोलामा पक्की पुल निर्माणका लागि लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री एवं नव निर्वाचित प्रदेश सभा सदस्य वीरबहादुर रानासहित विज्ञ टोलीले प्रारम्भीक स्थलगत अध्ययन...
नवौं विश्व माटो दिवस मनाइयो
मंगलबार, मंसिर २०, २०७९
‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ भन्ने नाराका साथ नवौं विश्व माटो दिवस–२०७९ मनाइएको छ । नेपालमा पनि कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेप्लिज सोसाइटी...
सिम्लेमा फल्यो पाँच करोडको सुन्तला
सोमबार, मंसिर १९, २०७९
जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् ।
गुरुङको संसद्मा तेस्रो यात्रा
सोमबार, मंसिर १९, २०७९
प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी भएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन् । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए ।


