Shittalpati
पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा
पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३१ औं स्थापना दिवस तथा साधारणसभा मनाएको छ । संघले तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा साधारणसभा मनाएको हो ।
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश
स्वतन्त्र प्रदेश सांसद माओवादी प्रवेश लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रदेश सरकार गठनको संघारमै आएर उनी माओवादी प्रवेश गरेका हुन् ।
लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि
लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँच वर्षे कार्यकालको मुख्य उपलब्धि भएको बताए ।
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक संकट भएपछि रेसुङ्गा नगरपालिकाले ५० लाख सहयोग गरेको छ । क्याम्पसलाई सोमबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तातरण गरेका हुन् ।
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत नरबहादुर रानालाई मिर्गौला सम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैला सम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा छन् ।
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वल्र्डलिङ्कले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवा प्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको अवार्ड वल्र्डलिङ्क प्राप्त गरेको हो ।
अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द
अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।
निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन्
निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन् शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणीको ६ सय ४७ पदमा शिक्षक छनोट हुन सकेका छैनन् । आयोगले २ हजार ६ सय ६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर ६ सय ४७ पदमा शिक्षक छनौट नै हुन नसकेका हुन् ।
सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा
सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन
सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ ।
लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता
लुम्बिनीमा ठूला दलले छाने संसदीय दलको नेता लुम्बिनी प्रदेशका तीन ठूला दलले संसदीय दलको नेता चुनेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले, कांग्रेस र माओवादीले प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण लगत्तै संसदीय दलको नेता चयन गरेका हुन् ।
Weather Update