Shittalpati
प्याब्सन पाल्पाले मनायो साधारण सभा
प्याब्सन पाल्पाले मनायो साधारण सभा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाले साधारण सभा मनाएको छ । प्याब्सनले सोमबार एक औपचारिक कार्यक्रमका बिच १५ औं साधारण सभा मनाएको हो । सभाको पाल्पा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित खेमबहादुर सारुले उद्घाटन गरेका हुन् ।
कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो
कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ।
निर्वाचन आचारसंहिता आजदेखि निष्कृय
निर्वाचन आचारसंहिता आजदेखि निष्कृय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।
पाल्पाको रिब्दीकोटमा आगो ताप्ने क्रममा जलेर  वृद्धको मृत्यु
पाल्पाको रिब्दीकोटमा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु जिल्लाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । आज विहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर विकको मृत्यु भएको हो ।
जापान र फ्रान्स निर्यात गुल्मेली कफी, कफी खेतीमा किसानको आकर्षण
जापान र फ्रान्स निर्यात गुल्मेली कफी, कफी खेतीमा किसानको आकर्षण गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ ।
उपप्राध्यापक खनालको पुस्तकमा ‘वीपीको व्यक्ति, कृति र प्रवृत्ति’
उपप्राध्यापक खनालको पुस्तकमा ‘वीपीको व्यक्ति, कृति र प्रवृत्ति’ त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालले नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको पुस्तक निकालेकी छन् । उनले ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला व्यक्ति, कृति, प्रवृत्ति’ नामक समालोचनात्मक कृति निकालेकी हुन् ।
लोक दोहोरी प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडा दिने
लोक दोहोरी प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडा दिने नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको छ । प्रतिष्ठानले चिसो बढ्दै गएपछि फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको हो ।
समानुपातिकतर्फ समावेशी अनुसार नभएपछि पुनः पत्राचार
समानुपातिकतर्फ समावेशी अनुसार नभएपछि पुनः पत्राचार निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिक तर्फको सूची समावेशी समूूह अनुसार नपठाएपछि पुनः पत्रचार गरेको छ । आयोगले बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन भन्दै पुनः पत्रचार गरेको हो ।
निर्वाचन आचारसंहिता फुकुवा
निर्वाचन आचारसंहिता फुकुवा निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।
आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ
आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए । मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको...
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै अन्तराष्ट्रिय पर्वतीय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ ।
Weather Update