सुुरू भयो सत्यवतीमा अनौठो मेला, ‘सत्यवती बज्यै’सँग चिच्याएर मागिदै वर
शुक्रबार, कात्तिक १८, २०७९

धानमा लागेन दाना, किसान चिन्तित
शुक्रबार, कात्तिक १८, २०७९
पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए ।

आज हरिबोधिनी एकादशी
शुक्रबार, कात्तिक १८, २०७९
आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो ।

गुल्मीका स्थानीय तहमा सार्वजनिक विदा
शुक्रबार, कात्तिक १८, २०७९
आज जिल्लाका केही स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । हरिबोधनी एकादशीको अवरसमा यहाँका तीन स्थानीय तहमा सार्वजनिक विदा दिइएको हो । रेसुङ्गा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

पाल्पा लायन्स क्लवको पदस्थापना
शुक्रबार, कात्तिक १८, २०७९
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेको पाल्पा लायन्स क्लबको पदस्थापना गरिएको छ । तानसेनमा एक औपचारिक कार्यक्रमका बिच वर्ष ०२२/२३ को पदस्थापना गरिएको हो ।

पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
बिहीबार, कात्तिक १७, २०७९
पाल्पामा वाम–लोकतान्त्रिक गठबन्धन दल आफैँले मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्नका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्नै कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन लागेका हुन् ।

‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’
बिहीबार, कात्तिक १७, २०७९
पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनपछि गठबन्धन नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुुशासन कायम गर्ने बताएका छन् । मतदाताहरुको घर घरमा पुुगेर उनीहरुले गठबन्धन दलले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरेका हुन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
बिहीबार, कात्तिक १७, २०७९
तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ ।

एउटै मितिमा भिड्दै फिल्म
बिहीबार, कात्तिक १७, २०७९
यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ । यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ स् द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र...

जापनी ‘ओकेबाजे’को नेपाल यात्रा, तीन दशक सेवामै बित्यो
बिहीबार, कात्तिक १७, २०७९
अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडी लगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ ...

ब्याज अनुदानमा १९ अर्ब ३२ करोड खर्च
बिहीबार, कात्तिक १७, २०७९
सरकारले ब्याज अनुदानमा १९ अर्ब ३२ करोड खर्च गरेको छ । यो ऋणीलाई सरकारले ब्याज अनुदान दिएको रकम हो । सरकारले गत भदौसम्म ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्चेको छ । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिन्छ ...

राष्ट्रियताको पक्षमा एमाले : नेता गैरे
बुधबार, कात्तिक १६, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नंं २ प्रतिनिधि सभाका उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमाले राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । चुनवी प्रचार प्रसारको क्रममा रिब्दीकोट गाउँपालिका वडा नंं ८ फेकमा बोल्दै गैरेले नेपालको गुमेको भुभागलाई चुच्चे नक्सामार्फत समेटेको, राष्ट्रघाती नागरीकता विधेयकको विपक्षमा एमाले मात्र उभिएको बताएका हुन् ।

पाल्पाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने उम्मेदवारहरुको जोड
बुधबार, कात्तिक १६, २०७९
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलले जित्नु पर्ने बताएका छन् । उनीहरुले प्रत्येक मतदाताहरु समक्ष पुगेर विकास र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिरहेका छन् । उम्मेदवारले जनतालाई गठबन्धनको अहिलेको आवश्यकता र औचित्यका विषयमा प्रष्ट पार्दै पाल्पा र समग्र मुलुकको समृद्धिका लागि आफुहरुले निर्वाचन जित्नै पर्ने...