Shittalpati
राष्ट्रपतिमा पौडेल विजयी
राष्ट्रपतिमा पौडेल विजयी नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।
नेपाल ५२ रनले विजयी
नेपाल ५२ रनले विजयी आइसिसी विश्वकप क्रिकेट लिग(२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो ।...
तानसेनमा व्यवस्थित खुला मैदानको अभाव
तानसेनमा व्यवस्थित खुला मैदानको अभाव जिल्लाको सदरमुकाम तानसेन बजारमा खुला मैदानको अभाव रहेको छ । यहाँ व्यस्थित मैदान छैनन् भने भएको एक मात्र टुँडिखेल मैदान पनि मर्मत सम्भारको क्रममा रहेको छ । यहाँ पर्याप्त खुला मैदान नहुँदा खेलकुदका गतिविधिदेखि मेला महोत्सव हुन सकेका छैनन् भने भए पनि बाहिर गएर गर्नुपर्ने बाध्यता रहेको छ ।
आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ?
आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ? मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मदान हुँदै छ । काठमाडौंको बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान...
फागु पर्वको मौलिकता संरक्षणमा जोड
फागु पर्वको मौलिकता संरक्षणमा जोड पछिल्लो समय फागु पर्वको मौलिक संकृति हराउँदै जान थालेपछि पाल्पामा त्यसको सरक्षण गर्नुपर्ने आवाज उठेको छ । फागु पर्व होली मनाउने क्रममा विभिन्न विकृति र विसंगतीहरु भित्रिदै जान थालेकाले त्यसको मौलिकता जोगाउनुपर्ने आवाज उठ्न थालेको हो ।
‘नेपालको संविधान विश्वमै नमूना’
‘नेपालको संविधान विश्वमै नमूना’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन् । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे ।
‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को अडिसन चैतमा
‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को अडिसन चैतमा ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौं अडिसन चैत्र ४ र ५ गते हुने भएको छ । आयोजक कम्पनीको अनुसार प्राविधिक कारणहरुले गर्दा अडिसन एक हप्ता पछाडी सरेको हो ।
स्ववियु निर्वाचन : रेसुङ्गामा नेविसंघद्वारा उम्मेदवार घोषणा
स्ववियु निर्वाचन : रेसुङ्गामा नेविसंघद्वारा उम्मेदवार घोषणा स्ववियु निर्वाचन मिति नजिकिदै जाँदा देशभर विद्यार्थी संगठनहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । गुल्मीको रेसुुङ्गा बहुुमुुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार घोषणा गरेको छ । उसले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि सभापतिमा पुनाराम घिमिरेलाई उम्मेदवार घोषणा गरेको हो । घिमिरे क्याम्पसका इकाई सभापति...
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाए ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, माओवादी वृत्तमा आयो तरंग
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, माओवादी वृत्तमा आयो तरंग प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा दुई वटा रिट दर्ता भएका हुन् ।
Weather Update