सूचना प्रविधि दिवस : पाल्पामा साताव्यापी कार्यक्रम सञ्चालन
मंगलबार, वैशाख १९, २०८०
विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना
मंगलबार, वैशाख १९, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले मुलुकको विकास र समृद्धिका लागि श्रमिक वर्गहरुको योगदान महत्वपूर्ण रहेकाले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाको सातौ जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले संगठीत र असंगठीत रुपमा रहेका श्रमिक वर्गहरुकै कारण मुलुकको समृद्धि र विकास...
वालिङमा अनलाइनबाटै घर नक्सा पास
मंगलबार, वैशाख १९, २०८०
स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।
योजनाहरुको विषयमा छलफल
मंगलबार, वैशाख १९, २०८०
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
मंगलबार, वैशाख १९, २०८०
मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।
कुमारी बैंकको संस्थापक शेयर लिलामीमा
मंगलबार, वैशाख १९, २०८०
कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर मंगलबारदेखि लिलामीमा ल्याएको हो ।
अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ
मंगलबार, वैशाख १९, २०८०
मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । सरकारले समेत अर्थतन्त्र चुनौतीपूर्ण रहेको स्वीकार गरेको छ । राजश्व परिचालन लगायतमा देखिएको समस्याका कारण लक्ष्य अनुसार आर्थिक वृद्धि हुन सकिरहेको छैन । आर्थिक गतिविधिमा आएको सुस्तता र कोभिड–१९ पछि अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन गरिएका पहलहरुले साथर्कता पाउन सहिरहेको छैन ।
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
सोमबार, वैशाख १८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।
दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक
सोमबार, वैशाख १८, २०८०
चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।
नेपाल र युएईको खेल आजका लागि स्थगित
सोमबार, वैशाख १८, २०८०
एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
सोमबार, वैशाख १८, २०८०
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै
सोमबार, वैशाख १८, २०८०
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार
सोमबार, वैशाख १८, २०८०
तरकारी खेतीमा आवद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।


