Shittalpati
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् ।
लुम्बिनी प्रदेश : सरकार फेरबदल पेचिलो बन्दै
लुम्बिनी प्रदेश : सरकार फेरबदल पेचिलो बन्दै केन्द्रमा नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै त्यसको प्रभाव प्रदेश सरकारहरुमा पनि देखिन थालेको छ । सात प्रदेश मध्ये लुम्बिनी प्रदेशमा सरकार फेरबदलको प्रयास भए पनि नेकपा माओवादी केन्द्र भित्रको विवादका कारण पेचिलो बन्दै गएको छ । माओवादी केन्द्र संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जोखबहादुर महराकै विकल्प खोज्ने गरी...
रामपुरका किसानलाई आलु स्याहार्न भ्याइनभ्याई
रामपुरका किसानलाई आलु स्याहार्न भ्याइनभ्याई खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन् । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अगपङ्क्तिमा छिन् ।
आज विश्व मौसम विज्ञान दिवस
आज विश्व मौसम विज्ञान दिवस विश्वभर आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व विज्ञान दिवस मनाउन लागिएको छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा विश्व मौसम विज्ञान दिवस मनाइन्छ । यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि...
पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी
पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी हुने भएको छ । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने गरी सम्झौता गरेपछि अब पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी हुने भएको हो ।
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै
रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै जिल्लाको रिब्दीकोटबाट एक जना बेवारिसे व्यक्तिको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका –३ स्थित हार्थोक–तिनगिरे सडक खण्डको हिरापोखरामा अचेत अवस्थामा रहेका एक अपरिचित व्यक्तिको प्रहरीले उद्दार गरी युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाएको हो ।
लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
लुम्बिनीमा ‘पिस म्याराथन’ हुने भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारि खमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि बढाएको हो ।
तानसेनमा बेवारिसे व्यक्तिको मृत्यु
तानसेनमा बेवारिसे व्यक्तिको मृत्यु जिल्लाको तानसेनमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ भूषालडाँडास्थित सडक किनारमा बोल्न नसक्ने अवस्थामा फेला परेको करिब ५५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
सेवा विस्तार गर्दै रामपुर अस्पताल
सेवा विस्तार गर्दै रामपुर अस्पताल सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको...
आज विश्व जल दिवस मनाइदैं
आज विश्व जल दिवस मनाइदैं आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको हो । नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाईदै छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गर्छन् ।
वन डढेलो नियन्त्रण सम्बन्धी मनाइयो सप्ताहव्यापी कार्यक्रम
वन डढेलो नियन्त्रण सम्बन्धी मनाइयो सप्ताहव्यापी कार्यक्रम वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ । हरेक वर्ष वन डढेलोका सम्बन्धी विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको हो ।
सिटी होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति
सिटी होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
Weather Update