Shittalpati
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरिदैं
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरिदैं वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६७ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी जयन्ती मनाउन लागिएको हो ।
महाचैत्य विहार तानसेनद्वारा हाजिरी जवाफ
महाचैत्य विहार तानसेनद्वारा हाजिरी जवाफ ज्ञानमाला सभा महाचैत्य विहार तानसेनले सामुदायिक तथा निजी विद्यालयस्तरी हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विहारले बुुद्ध जयन्तीको पूर्व सन्ध्या तथा २६४७ औं जन्म दिवस, २६१२ बुुद्धज्ञान दिवस, २५६७ महा परिनिर्वाणको उपलक्ष्यमा तानसेनमा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा ६ सामुदायिक र १० निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता...
कार्कीले गरे जिर्ण मन्दिरको पूनर्निर्माण
कार्कीले गरे जिर्ण मन्दिरको पूनर्निर्माण पाल्पाको रिब्दीकोट गाउँपालिका– ८ फेकका सामाजिक व्यक्तित्व हरिबहादुर कार्कीले जिर्ण मन्दिरको पुनर्निर्माण गरेका छन् । हाल बुटवललाई कर्म थलो बनाउँदै आएका कार्कीले व्यक्तिगत खर्चमा गाउँमै चण्डीस्थान मन्दिर पुनर्निर्माण गरेका हुन् ।
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग उपभोक्ता हित संरक्षण मञ्च गुल्मीले जिल्ला अस्पताल गुल्मीमा सुधारको माग गरेको छ । अस्पतालले दिदै आएको सेवा सुविधा प्रभावकारी नबनेको भन्दै मञ्चले सुधारको माग गरेको हो । मञ्चले अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई सुधार गर्दै प्रभावकारी बनाउन माग गरेको छ ।
बुद्धको उपदेश अनुसरण गरौं
बुद्धको उपदेश अनुसरण गरौं बुद्धजयन्ती भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाइन्छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको २५६७ औं जयन्तीमा शान्तिको कामना गरिदैछ ...
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला गत शनिबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युुवक मृत फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २१ वर्षीय अभिषेक राउत विहीबार विहान मृत फेला परेका हुन् ।
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।
सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पत्रकारको सुरक्षामा जोड, ‘पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो’
पत्रकारको सुरक्षामा जोड, ‘पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो’ पछिल्लो समय पत्रकार असुरक्षित बन्दै गएकोप्रति पाल्पामा चिन्ता व्यक्त गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज पाल्पाले आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले पत्रकार असुरक्षित रहेको प्रति चिन्ता व्यक्त गर्दै सुरक्षामा जोड दिएका हुन् ।
महिला स्वयं सेविकालाई पेन्सन
महिला स्वयं सेविकालाई पेन्सन गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरे गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरु गरिएको हो ।
नेपालीको बढ्यो प्रतिव्यक्ति आय
नेपालीको बढ्यो प्रतिव्यक्ति आय नेपालीको प्रतिव्यक्ति आय बढेको छ । प्रतिव्यक्ति आय बढेर वार्षिक एक हजार तीन सय ९९ अमेरिकी डलर अर्थात् एक लाख ८२ हजार छ सय ८३ पुगेको हो । राष्ट्रिय तथ्याड्ढ कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याड्ढ सम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक...
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा यथावत् राखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा, मट्टितेल ३ रुपैयाँ ४८ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटाएर पठाए पनि नेपाल आयल निगमले भने यथावत् राखेको...
Weather Update