नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ वर्षमा प्रवेश
मंगलबार, फागुन १६, २०७९

पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो
सोमबार, फागुन १५, २०७९
,पाल्पा लगायत देशभर मगर समुदायले सोमबार हर्साेल्लासका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।

एमाले सरकारबाट बाहिरियो
सोमबार, फागुन १५, २०७९
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको थियो । सो निर्णय पछि सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका...

विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक
सोमबार, फागुन १५, २०७९
विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुव्र्यवहार गरेको उजुरी परेको थियो ।

रिहा भए पल शाह
सोमबार, फागुन १५, २०७९
कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका शाह कारागारमुक्त भएका हुन् ।

एमाले सरकारबाट बाहिरिदैं
सोमबार, फागुन १५, २०७९
नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो ।

भद्रगोल राजनीति
सोमबार, फागुन १५, २०७९
नेपाली राजनीति बुझिनसक्नु छ । मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । ति राजनीतिक दलको सिद्धान्त के हो ? भन्ने कुरा ठम्याउन सकिँदैन । राजनीतिक सिद्धान्त, निष्ठा वा आदर्शले कुनै पनि राजनीतिक दलमा काम गरेको देखिँदैन । दलहरू सत्ता र शक्ति केन्द्रीत भएका छन् । विशेष गरेर सत्तालाई भागबन्डा गर्ने...

आज तानसेनमा चीर ठड्याइँदै
सोमबार, फागुन १५, २०७९
जिल्लाको सदरमुुकाम तानसेनमा आज चीर ठड्याइँदै छ । लामो समयपछि तानसेनको टक्सारटोलस्थित गणेश मन्दिर परिसरमा चीर ठड्याउन लागिएको हो ।

नेप्से परिसूचकमा चार दशमलव ५५ अंकको सुधार
सोमबार, फागुन १५, २०७९
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र उतारचढावका बीच सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आइतबार चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ विन्दुमा कायम भएको हो ।

शिक्षकले पाएनन् पारिश्रमिक
सोमबार, फागुन १५, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउने गरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।