सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि
सोमबार, फागुन २२, २०७९

रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर
आइतबार, फागुन २१, २०७९
जिल्लाको रेसुङ्गा नगर सरकारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरभित्रै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले नगर सरकारले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने
आइतबार, फागुन २१, २०७९
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

टिकटकमा बढ्यो ‘पाइरेसी’
आइतबार, फागुन २१, २०७९
गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ ।

अमरनारायण मन्दिरको जीर्णाेद्धारमा लापरवाही, सरोकारवाला निकाय मौन
आइतबार, फागुन २१, २०७९
झण्डै २ सय १६ वर्षअघि अमरसिंह थापाले काठमाडौंका नेवार कालिगड झिकाएर पाल्पाको तानसेनमा बनाएको ऐतिहासिक कलात्मक अमरनारायण मन्दिरको जीर्णोद्धारमा लापरवाही भएको छ । तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको पुरातात्तिवक महत्वको मन्दिरको मर्मत सम्भारमा अहिले लापरवाही भएको हो ।

राष्ट्रपति निर्वाचन : भोट माग्नमै व्यस्त उम्मेदवार
आइतबार, फागुन २१, २०७९
राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरु भोग माग्नमै व्यस्त छन् । यही फागुन २५ गते हुन लागेको निर्वाचनका लागि राष्ट्रपतिका उम्मेदवारी दिएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले आ–आफ्नो पक्षमा मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।

आजदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा खुल्ने
आइतबार, फागुन २१, २०७९
दैनिक चार घण्टा बन्द हुदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि भने पूर्ण रुपमा खुल्ने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो...

कृषि उत्पादन बढाउन मेला
आइतबार, फागुन २१, २०७९
कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषिमेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।

समयमै ध्यान पुगोस्
आइतबार, फागुन २१, २०७९
बैंक तथा वित्तीय संस्थाविरुद्ध अहिले देशैभर आन्दोलन चकिर्एको छ । बैंक तथा वित्तीय संस्थाले लिने ब्याजका विषयमा जनता नै सडकमा उत्रिएपछि पक्ष र विपक्षमा बहस शुरू भएको छ । ऋण लिएपछि ब्याज तिर्नुपर्ने आवाज एकातर्फ उठिरहेको छ भने अर्कोतर्फ बैंक तथा वित्तिय संस्थाले ऋण दिँदा एउटा सर्तमा दिने ब्याज लिँदा...

‘दैनिक एक घण्टा ध्यान गरौं जीवन सफल हुन्छ’
शनिबार, फागुन २०, २०७९
ओशो आश्रम चितवन सौराहाका स्वामी मैत्रेयले दैनिक एक घण्टा ध्यान गरे जीवन सफल हुने बताएका छन् ।

रेडक्रस पाल्पामा नयाँ नेतृत्व, सभापतिमा कार्की
शनिबार, फागुन २०, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले नयाँ नेतृत्व पाएको छ । शुक्रबार तानसेनमा भएको शाखाको अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो ।