धुर्कोटमा नयाँ गुफा फेला
शुक्रबार, फागुन २६, २०७९

स्थानीय सरकारले गरे महिलालाई सम्मान
शुक्रबार, फागुन २६, २०७९
जिल्लाका केही स्थानीय सरकारले महिलालाई सम्मान गरेका छन् । ११३ औं नारी दिवसको अवसरमा यहाँका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेका हुन् ।

चैतदेखि ब्याजदर घटाउँदै बैंक
शुक्रबार, फागुन २६, २०७९
आगामी चैत्रदेखि व्याजदर घट्ने भएको छ । बिहीबार बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैत १ गतेदेखि कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।

तरंगीत बन्दै नेपाली राजनीति
शुक्रबार, फागुन २६, २०७९
नेपालको राजनीतिमा पुनः कालो बादल लाग्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहलको मुद्दाको विषयलाई लिएर धमिलो पानीमा माछा मार्न खोज्नेहरुका लागि ठिक होला तर मुलुकमा स्थिर राजनीतिक गतिविधी, आर्थिक उन्नती खोज्नेहरुका लागि अवश्य पनि यो राम्रो होइन । यसले मुलुकलाई अराजकतासँगै अस्थिर राजनीतिक खलब...

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई
बिहीबार, फागुन २५, २०७९
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।

२९ हजारले लिए ई–सिम
बिहीबार, फागुन २५, २०७९
नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई–सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी,...

राष्ट्रपतिमा पौडेल विजयी
बिहीबार, फागुन २५, २०७९
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।

नेपाल ५२ रनले विजयी
बिहीबार, फागुन २५, २०७९
आइसिसी विश्वकप क्रिकेट लिग(२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्कोर दुई सय ९७ रन बनायो ।...

तानसेनमा व्यवस्थित खुला मैदानको अभाव
बिहीबार, फागुन २५, २०७९
जिल्लाको सदरमुकाम तानसेन बजारमा खुला मैदानको अभाव रहेको छ । यहाँ व्यस्थित मैदान छैनन् भने भएको एक मात्र टुँडिखेल मैदान पनि मर्मत सम्भारको क्रममा रहेको छ । यहाँ पर्याप्त खुला मैदान नहुँदा खेलकुदका गतिविधिदेखि मेला महोत्सव हुन सकेका छैनन् भने भए पनि बाहिर गएर गर्नुपर्ने बाध्यता रहेको छ ।

आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ?
बिहीबार, फागुन २५, २०७९
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मदान हुँदै छ । काठमाडौंको बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान...

फागु पर्वको मौलिकता संरक्षणमा जोड
बिहीबार, फागुन २५, २०७९
पछिल्लो समय फागु पर्वको मौलिक संकृति हराउँदै जान थालेपछि पाल्पामा त्यसको सरक्षण गर्नुपर्ने आवाज उठेको छ । फागु पर्व होली मनाउने क्रममा विभिन्न विकृति र विसंगतीहरु भित्रिदै जान थालेकाले त्यसको मौलिकता जोगाउनुपर्ने आवाज उठ्न थालेको हो ।

‘नेपालको संविधान विश्वमै नमूना’
बिहीबार, फागुन २५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन् । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे ।
.jpg)
‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को अडिसन चैतमा
बिहीबार, फागुन २५, २०७९
‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौं अडिसन चैत्र ४ र ५ गते हुने भएको छ । आयोजक कम्पनीको अनुसार प्राविधिक कारणहरुले गर्दा अडिसन एक हप्ता पछाडी सरेको हो ।