Shittalpati
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा

रेसुङ्गा, गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् । उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडौं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताए । साथै सेवाग्राही जीवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताइन् । सहज उपचारपछि उनी राहात मिलेको अनूभूति भएको बताउन्छिन् । उनीहरु मात्र होइन, गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् । यसमा पाँचदेखि सात जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराएका छन् ।

हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीप शिवाकोटीले बताए । उनले हाडजोर्नीको समस्या हुँदा अब उपचारका लागि टाढा जान नपर्ने बताए । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । ‘हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने अवस्था थियो’ उनले भने,‘गुल्मी अस्पतालमै उपचार पाएपछि गुल्मेली नागरिकलाई राहात मिलेको छ ।’ नगरपालिकाले गुल्मी अस्पतालाई मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ । –रासस

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update