Shittalpati
पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

पाल्पा, मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका– ३, खाँदरकी ५४ वर्षीया उमावती गाहाको आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्युु भएको हो ।

शुक्रबार मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी गाहालाई छोरा लोकबहादुर गाहाले उपचारका लागि रामपुर अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update