Shittalpati
कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

पाल्पा, कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर मंगलबारदेखि लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले यस लिलामी सेयरमा आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । यसमा कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने हुन्छ । लिलामी सेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे खोलिनेछ । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत पुस १७ गतेदेखि एकीकृत कारोबार गर्दै आएका छन् । एकीकृत कारोबारपछि अहिले बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौँ महानगरपालिका–२ स्थित टंकलालमा रहेको छ ।

एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड, कूल निक्षेप तीन खर्ब दुई अर्ब र कर्जा दुई खर्ब ८० अर्ब पुगेको छ । अहिले देशव्यापी ३ सय ४ शाखा सञ्जाल, २ सय ९४ एटीएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकि· सुविधाहरु दिँदै आएको बैंकले आगामी दिनमा अझ सुरक्षित, सरल र सुलभ सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update