Shittalpati
बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण
बेरुजु बारे फैलाइएको गलत प्रचारप्रति रामपुर नगरपालिकाको ध्यानाकर्षण जिल्लाको रामपुर नगरपालिकाले बेरुजुु बारे फैलाइएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन र विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
डुवेर दुुईको मृत्युु
डुवेर दुुईको मृत्युु डुवेर दुुई जनाको मृत्युु भएको छ । देशका विभिन्न जिल्लाका छुट्टाछुुट्टै स्थानमा पानीमा डुवेर दुुई जनाको मृत्युु भएको हो ।
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते
लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।
तानसेनमा रक्तदान सचेतना सम्बन्धी छलफल
तानसेनमा रक्तदान सचेतना सम्बन्धी छलफल जिल्लाको तानसेनमा रक्तदान सचेतना सम्बन्धी सरोकारवालाहरुबिच छलफल भएको  छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान सचेतना सम्बन्धी एक दिने छलफल भएको हो ।
सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी
सिद्धार्थ बाल तथा महिला अस्पताल स्तरोन्नति गर्ने समझदारी बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल तीन सय शय्यामा स्तरोन्नति हुने भएको हो । 
तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई  
तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई   विश्व वातावरण दिवसको अवसरमा सोमबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्गमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, शिवालय टोलविकास संस्था र ग्रीन फर गुडमा आवद्ध अभियान्ताहरुलें विद्यालय, टोल क्षेत्र वरपर सरसफाइ गरेका हुन् । 
सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा
सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।
पाल्पाको सत्यवतीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत 
पाल्पाको सत्यवतीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत  पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो । 
भोलीदेखि काँग्रेस लुम्बिनी प्रदेशले बृहत्त अभिमूखीकरण गर्दै, महामन्त्री थापाले सम्बोधन गर्ने
भोलीदेखि काँग्रेस लुम्बिनी प्रदेशले बृहत्त अभिमूखीकरण गर्दै, महामन्त्री थापाले सम्बोधन गर्ने भोलीदेखि नेपाली काँग्रेस लुुम्बिनी प्रदेशले बृहत्त अभिमूूखीकरण कार्यक्रम गर्न लागेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको आयोजनामा जेठ २२ र २३ गते दुई दिन प्रदेशस्तरीय पार्टी अभिमूखिकरण कार्यक्रम हुन लागेको हो ।
‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ
‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ गुल्मीको रेसुंगा नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसार एवम् पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ गरेको छ । आइतबार रेसुंगा नगरपालिकाको सभाहलमा सो अभियानको नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरे ।
पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ को मृत्युु, १२ घाइते
पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ को मृत्युु, १२ घाइते  पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा जिप दुर्घटना भएको छ । भर्खरै  रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप सत्वतीको केवरेछेडामा दुर्घटना भएको हो ।
Weather Update