Shittalpati
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन बैशाख १४ गते देखी सञ्चालन भएको पाल्पा महोत्सव आइतबारदेखि सकिएको छ । १० दिनसम्म चलेको महोत्सवमा ३ लाख दर्शकहरुले अवलोकन गरे भने ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको छ । बैशाख २७ गते हुन लागेको कूूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको हो ।
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेको हो ।
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो
ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो माण्डव्य ऋषिको तपोभूमिको रूपमा रहेको माडीफाँटको दक्षिण दमकडामा माण्डव्य ऋषिको मन्दिर रहेको छ । जुन ३ सय ७७ वर्ष अघि स्थापना गरिएको थियो । पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाको रुपमा रहेको यो मन्दिरको प्रचार–प्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्व र इतिहास रहे पनि विगतका स्थानीय सरकार...
आज पाल्पा महोत्सवको अन्तिम दिन
आज पाल्पा महोत्सवको अन्तिम दिन वैशाख १४ गतेदेखि सुरु भएको पाल्पा महोत्सवको आज अन्तिम दिन हो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको १३ औं पाल्पा महोत्सव आज सकिदै छ । महोत्सवको समय थपिनेमा धेरैले अनुमान गरे पनि आयोजकले मेला आजै समापन गर्ने जनाएको छ । पानीका कारण केही दिनको महोत्सव प्रभावित भएकाले महोत्सवको...
घट्यो इन्धनको खपत
घट्यो इन्धनको खपत पछिल्लो समय नेपालमा इन्धनको खपत घटेको छ । आर्थिक मन्दीका कारण इन्धनको खपत घटेको हो । अर्थतन्त्र चलायमान हुँदा इन्धनको खपत बढी हुने गरे पनि अहिले अर्थतन्त्र संकटग्रस्त भएकाले मागमा पनि कमी आएको छ ।
७६ जना कोरोना संक्रमित थपिए
७६ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो ।
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतिकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । लुम्बिनीमा जन्मिएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा शनिबार लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको रथ यात्रा निकालिएको हो ।
पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका– ३, खाँदरकी ५४ वर्षीया उमावती गाहाको आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्युु भएको हो ।
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’ जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वर्तमान शिक्षालाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका छन् । जिल्लास्तरीय आधारभुत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख खनालले अहिलेको शिक्षा, व्यवहारिक र जीवनउपयोगी नभएको भन्दै अब त्यसलाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका हुन् ।
Weather Update