Shittalpati
रेसुङ्गा नगर सरकारको बजेट ७१ करोड
रेसुङ्गा नगर सरकारको बजेट ७१ करोड जिल्लाको रेसुङ्गा नगरपालिकाले ७१ करोड भन्दा बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७ सय ६० बराबरको बजेट ल्याइएको बताए ।
बाजा बजाउने पेसा हराउँदै
बाजा बजाउने पेसा हराउँदै दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–८ बङातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो ।
घुस लिएको अभियोगमा मुद्दा दायर
घुस लिएको अभियोगमा मुद्दा दायर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरू गरिएको छ । 
रामपुर नगर सरकारको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा प्राथमिकता
रामपुर नगर सरकारको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा प्राथमिकता जिल्लाको रामपुर नगर सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमितामा राख्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । नगर सरकारले नगर सभा तथा १३ औं अधिवेशनमार्फत ६९ करोड ७२ लाख ५० हजार बराबरको बजेट ल्याएको हो ।
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’ गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
तानसेन र हाम्रो कर्तव्य
तानसेन र हाम्रो कर्तव्य नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक  सम्पदाले भरिपूर्ण छ । पाल्पाको सदरमुकाम तानसेन काठमाडौं र ललितपुर पछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो ।
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण...
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र रु १० हजार जरिवानाको व्यवस्था ऐनमा...
स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय...
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । 
Weather Update