Shittalpati
आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

पाल्पा, जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणप्रति जनचेतना जगाउने उद्देश्यले आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँदै आइएको हो ।

दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने यो दिवस विश्वसामु यी महत्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान गर्ने दिन पनि हो । विश्वको सर्वाेच्च शिखर सगरमाथा सहितको चुचुराका कारण चिनिएको नेपालमा हिमालहरु पग्लिदै गएको विषय प्रति सरोकार वालाहरुले चिन्ता ब्यक्त गरेका छन् । हिंउ पग्लिएर बनेका हिम पोखरी, कुण्डहरु फुट्ने जोखिम पनि उत्तिकै रहेको छ । जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावरणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरुको भनाई छ । पृथ्वीको २५ प्रतिशत भू–भाग पर्वतीय क्षेत्रले ओगटेको छ ।

विश्वको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस यसै क्षेत्रमा बसोवास गर्छन् । पर्वतारोहणका क्रममा बढ्दो फोहोर, हिमाली क्षेत्रमा बढ्दो जनघनत्वले समेत उत्तिकै असर परिरहेको छ । हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत आÞवान गरेको छ । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले हिमाल बचाउने अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्न आग्रह गरेका थिए । उनले हामीलाई बचाउन हाम्रो हिमालहरु बचाउनुपर्नेमा उनले जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्डले विश्वका नेताहरुले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यक्ता पनि औँलयाएका थिए । उनले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्यूनीकरणका लागि विगतमा गरिएका निर्णय तथा प्रतिबद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पारे छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update