Shittalpati
तानसेनको टुुँडिखेलमा पाल्पा गोल्ड कफ फुटबल हुँदै
तानसेनको टुुँडिखेलमा पाल्पा गोल्ड कफ फुटबल हुँदै जिल्लाको तानसेनस्थित टुुँडिखेलमा मैदानमा पाल्पा गोल्ड कफ फुुटबल हुने भएको छ । जेष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजीर सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो ।
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
सरकारको आम्दानीभन्दा खर्च बढी
सरकारको आम्दानीभन्दा खर्च बढी सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो ।
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे समाजवादी प्रेस संगठन नेपाल पाल्पा शाखाको अध्यक्षमा पदम गैरै सर्वसम्मत चयन भएका छन् । संगठनको तानसेनमा भएको पहिलो अधिवेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो ।
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’ लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले विकृति, विसंगतीका विरुद्ध पत्रकारले सशक्त रुपमा कलम चलाउनुु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।
रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित
रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर उत्साहित भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित भएकी छन् । आइतबार तानसेनमा भएको युनियनको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
महमा मिसावट गर्ने गिरोह पक्राउ
महमा मिसावट गर्ने गिरोह पक्राउ बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्‍याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
Weather Update