Shittalpati
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि रामतुलसीलाई

रामपुर, जिल्लाको रामपुर नगरपालिकाले सञ्चालन गरेको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले हात पारेको छ । तीन दिनसम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विद्याका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै रामतुलसीले  उपाधि हात पारेको हो ।

प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९ स्वर्ण पदक, ६ रजत र ४ कास्य सहित १७ पदकका साथ रामतुलसीले चौथो पटक रनिङ्ग शिल्ड जित्न सफल भएको छ । त्यस्तै प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कास्य सहित १० पदका साथ जनकल्याण माध्यमिक विद्यालय रामपुर १० द्धितिय भएको छ । तृतिय उपाधि नवदुर्गा माविले प्राप्त गरेको छ । ४ स्वर्ण, १ रजत र ३ कास्य सहित नवदुर्गा माविले तृतिय स्थान हात पारेको हो । प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित भूपू सैनिक राईजिङ्ग इङ्गलिश स्कुल सान्त्वना भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डो अन्र्तगतका १६ विद्याको खेलमा छात्रछात्राहरुले प्रतिस्पर्धा गरेका थिए । नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्रछात्राहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयको व्यवस्थापनमा गत विहिबार देखि प्रतियोगिता भएको थियो ।

आईतबार विद्यार्थी तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख रमणबहादुर थापाले खेल हार जितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि पनि भएको बताए । उनले खेलकुदले खेलको मात्र नभई मानसिक र सामाजिक विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिताका सदस्य सचिव सुन्दर प्रसाद देवकोटाको धन्यवाद, शिक्षक दिपेन्द्र प्रसाद भट्टराई र राधिका केसीको सञ्चालनमा कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update