पाल्पा प्यारागनले गर्यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान
मंगलबार, असार २६, २०८०
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु
मंगलबार, असार २६, २०८०
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन् ।
आज विश्व जनसंख्या दिवस मनाइदैं
मंगलबार, असार २६, २०८०
आज विश्व जनसंख्या दिवस मनाइदैं छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो ।
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
सोमबार, असार २५, २०८०
चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८९ अर्ब ७० करोड,...
ललिता निवास प्रकरण : थप तीन पक्राउ
आइतबार, असार २४, २०८०
ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको हो ।
तिनाउ नदीमा एक युवक मृत फेला
आइतबार, असार २४, २०८०
तिनाउ नदीमा एक युवक मृत फेला परेका छन् । बुटवलको तिनाउ खोला किनारमा एक युवकको शव फेला परेको हो । तिनाउ नदीमा रहेको पक्की पुलको तलपट्टी नदी किनारमा बुटवल उपमहानगरपालिका–५ शान्ति टोलका २० वर्षीय सुमन विकको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
मकै खेती छोडेर लिची
आइतबार, असार २४, २०८०
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् ।
तानसेन टुँडिखेलमा लायन्स क्लवले गर्यो वृक्षारोपण
शनिबार, असार २३, २०८०
तानसेनस्थित टुँडिखेलमा लायन्स क्लव अफ पाल्पा तानसेनले वृक्षारोपण गरेको छ । क्लवले शनिबार टुँडिखेलमा पुगेर ३० प्रजातिका विरुवा रोपेको हो । वातावरण स्वच्छ, हरियाली बनाउने उद्देश्यले क्लवले वृक्षारोपण गरेको जनाएको छ ।
बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण
शनिबार, असार २३, २०८०
बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । संघको १७ औं अधिवेशनबाट निर्वाचित भएर आउने नेतृत्वलाई पुरानो नेतृत्वले पद हस्तान्तरण गरेको हो ।
मृगौला पीडित राजेशलाई आर्थिक सहयोग
शनिबार, असार २३, २०८०
जिल्लाको रम्भा गाउँपालिका –३ का ५२ वर्षीय मृगौला पीडित राजेश चितौरे रानालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन् । पाल्पा श्रीनगर समाज हङकङको सहयोग र समाजका अगुवा वसन्त श्रीनेतको सक्रियतामा सकंलित एक लाख ५८ हजार २ सय मृगौला पीडित रानालाई सहयोग गरिएको हो ।
गाउँ हे गुण पंचशिलको
शनिबार, असार २३, २०८०
गाउँ हे गुण पंचशिलकों शुद्ध बनाई तन आत्मा
खोली हेर चक्षु ज्ञानको, पाउनेछ शान्ति चारधाम
विपद्मा परेका व्यक्तिको उद्दारका लागि तानसेनमा पूर्व अभ्यास
शुक्रबार, असार २२, २०८०
जिल्लाको तानसेनमा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । अहिले बर्खाको समयमा बाढी, पहिरो, सडक दुर्घटना जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धी सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको हो ।
एसईई नतिजा गत वर्षको भन्दा सुधार, माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
शुक्रबार, असार २२, २०८०
यसपालीको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा गत वर्षको तुलनामा सुधार देखिएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार अघिल्लो वर्षको तुलनामा २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मूख रहेको पाइएको हो ।


