रामपुरमा वडाबाटै मालपोतको राजश्व संकलन हुने
मंगलबार, असोज १६, २०८०
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम
सोमबार, असोज १५, २०८०
सोमबार सेयर बजार बढेको छ भने कारोबार रकम घटेको छ । सेयर बजारको परिसूचक नेप्से ५ दशमलव १९ अंक बढेको हो । सो अंकको वृद्धिपछि परिसूचक १ हजार ९ सय ७६ अंकमा कायम भएको छ ।
तिनाउमा अवैध ढुंगा निकासी गर्ने टिपर र जेसिबी प्रहरी नियन्त्रणमा
सोमबार, असोज १५, २०८०
अवैध रुपमा ढुंगा निकासी गर्ने दुुई टिपर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स नाग मन्दिर नजिकै सिद्दार्थ राजमार्गमा अवैध रुपमा ढुङ्गा निकासी गर्दै गरेको अवस्थामा टिपर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज विश्व अहिंसा दिवस
सोमबार, असोज १५, २०८०
आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आÞवानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
प्रहरीद्वारा पाल्पामा अवैध सामान बरामद
आइतबार, असोज १४, २०८०
जिल्लाका विभिन्न ठाउँहरुबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान बरामद गरेको हो ।
आज जेष्ठ नागरिक दिवस मनाइँदै
आइतबार, असोज १४, २०८०
आज ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानवअधिकार बारे विश्वव्यापी घोषणा गरिएका वाचा पुरा गरौं’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएको हो ।
पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन
शनिबार, असोज १३, २०८०
पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सेवारत कर्मचारीहरुको तानसेनमा भएको भेलाले कर्मचारी मञ्च गठन गरेको हो ।
पाल्पाको त्रिभूवन बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
शुक्रबार, असोज १२, २०८०
पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउन्टरको शुरुवात गरेको हो ।
मोटरसाइल दुर्घटनामा एकको मृत्यु
शुक्रबार, असोज १२, २०८०
नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु भएको छ । यहाँको सुनवल नगरपालिका–४ स्थित सडकममा लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु
शुक्रबार, असोज १२, २०८०
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रदेशको रुपन्देही र नवलपरासी पश्चिममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
‘होटल पौवामा आउने पाहुनालाई नेपालीपनको झल्को दिन्छौं’
शुक्रबार, असोज १२, २०८०
पाल्पा घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई तानसेन हो । तानसेन आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले तानसेनलाई आफ्नो रोजाइमा पारेको छ । हस्पिटालिटीको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल पौवा ग्रुपले पर्यटकीय स्थलहरुलाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको हो ।
आज विश्व मुटु दिवस मनाइँदै
शुक्रबार, असोज १२, २०८०
विश्व मुटुरोग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । ‘हर्ट प्रयोग गर्नुहोस्, हृदय जान्नुहोस्’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ ।
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो ।


