मैत्री क्लवद्वारा सरसफाई र अस्पतालका विरामीलाई फलफूल
आइतबार, असोज ७, २०८०
पाल्पाका पत्रकार भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार’
आइतबार, असोज ७, २०८०
पाल्पाको रामपुर–१० स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काउन्सीलको स्थापना दिवसको अवसरमा राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उनलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
नेवा : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल
आइतबार, असोज ७, २०८०
तानसेनका नेवार समुदायहरुको संगठित संस्था नेवाः गुठी तानसेनको अध्यक्षमा पुनः प्रकाश नाथ गोङ्गल चयन भएका छन् । गुठीलाई नेवार समुुदायको एकता, स्वतन्त्रता र सामनताको आधारमा सामुहिक र समन्वयात्मक रुपमा महत्वपूर्ण भूमिका खेलेकै कारण तानसेनमा भएको गुठीको प्रथम साधारण सभा एवं अधिवेशनले गोङ्गललाई अध्यक्षमा पुनः चयन गरेको हो ।
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कपको आय–व्यय सार्वजनिक
आइतबार, असोज ७, २०८०
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । पाल्पा जिल्ला फुटबल संघले जेठ १५ देखि २७ गतेसम्म तानसेनको टुँडिखेलमा सञ्चालन गरेको प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबिच आय–व्यय सार्वजनिक गरेको हो ।
पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा : काँग्रेस नेता श्रेष्ठ
शनिबार, असोज ६, २०८०
नेपाली काँग्रेस लुुम्बिनी प्रदेशका उपसभापति एवं प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा थप्ने काम गरेको बताएका छन् ।
लुगाको दुनियामा नौलो आयाम : बुटवलमा लुगा घर
बिहीबार, असोज ४, २०८०
बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा नेपाली लुगा घर सञ्चालनमा आएको हो ।
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
बिहीबार, असोज ४, २०८०
आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
आज देशभर संविधान दिवस मनाइदैं
बुधबार, असोज ३, २०८०
आज देशभर संविधान दिवस मनाइदैं छ । संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ८ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी
मंगलबार, असोज २, २०८०
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै...
रामपुर नगरपालिकामा शैक्षिक अन्तर्क्रिया
मंगलबार, असोज २, २०८०
रामपुर नगरपालिकाको शिक्षा शाखाको वार्षिक समीक्षा तथा शैक्षिक अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरको समग्र शैक्षिक अवस्था, विद्यालयको अवस्था, शैक्षिक गुणस्तर, समस्या र चुनौती लगायतको विषयमा समीक्षा गरेको हो ।
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित
आइतबार, भदौ ३१, २०८०
तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।
काँग्रेसले देशैभर संविधान दिवस मनाउने
आइतबार, भदौ ३१, २०८०
नेपाली काँग्रेसले देशैभर संविधान सदवस मनाउने भएको छ । काँग्रेसले ३ असोजमा देशका ७ सय ५३ पटै स्थानीय तहमा दिवस मनाउने भएको हो । उसले सबै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार समेत गरेको छ ।
शनिबार तानसेन खानेपानीको विशेष साधारण सभा हुँदै
शुक्रबार, भदौ २९, २०८०
तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले शनिबार विशेष साधारण सभा गर्न लागेको छ । १९ असार २०८० मा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा बनेको तदर्थ समितिले विशेष साधारण सभा गर्न लागेको हो ।


