Shittalpati
सरकारी वेबसाइटमा समस्या

पाल्पा, सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरुमा समस्या देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबार दिनभर नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आउन सकेनन् । सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरु बन्द भएको बताइएको छ ।

स्थानीय, प्रदेश र संघीय तह लगायतका सरकारी निकायका साइटहरू डाउन भएका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको सर्भरमा साइबर आक्रमणका कारण सरकारी साइटहरू डाउन भएको हुन सक्ने बताइएको छ । दिनभर नै सरकारी साइटहरू केहीबेर खुल्ने र बन्द हुने भइरहेको थियो । Þयाक भएको हो वा प्राविधिक कारण भएको हो त्यसबारे अध्ययन भइरहेको छ । प्रधानमन्त्री कार्यालयदेखि संघीय सरकारका मन्त्रालय तथा कार्यालयहरु, प्रदेश सरकारको कार्यालयहरु र स्थानीय सरकारका साइटहरु बन्द भएका छन् । केही स्थानीय तह र कार्यालयको वेबसाइट भने केहीबेर खुल्दै बन्द हुँदै गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update