सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइन्
बिहीबार, वैशाख ४, २०८२

गुल्मीमा २४ वर्षदेखि फरार अभियुक्त पक्राउ
बिहीबार, वैशाख ४, २०८२
२४ वर्ष फरार तिलबहादुर विकलाइ प्रहरीले ०८१ चैत २९ गते पक्राउ गरेर अदालत पेस गरेको छ । कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र रु.१,५००/– रुपियाँ जरिवानाको फैसला गरेको थियो ।

विद्युत सर्टबाट गोठमा आगलागी
बिहीबार, वैशाख ४, २०८२
रूपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित आमा गाउँमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार राति भएको उक्त आगलागीले स्थानीय सुदामा चाईको गोठलाई पूर्णरूपमा क्षति पुर्याएको हो ।

पाल्पाका पर्यटकीय स्थलहरुमा भिड
बुधबार, वैशाख ३, २०८२
नयाँ वर्षका अवसरमा पाल्पाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक पर्यटकको भिड लागेको छ । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्दका लागि घुम्न आउने तथा नदीहरुमा स्नान गर्न आउने आन्तरिक तथा बाÞय पर्यटकहरुले नयाँ वर्षको पहिलो दिन ति क्षेत्रहरुमा विहानैदेखि भिड लागेको थियो ।

निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को विमर्श
आइतबार, चैत ३१, २०८१
निबन्ध सङ्ग्रह ‘आत्मबोध’ को तानसेनमा विमर्श गरिएको छ । साहित्यकार भागवत खनालद्वारा लिखित सङ्ग्रहको एक औपचारिक कार्यक्रमकाबिच विमर्श गरिएको हो ।

नेपाली सेनाले सुरु गर्यो तेस्रो गोरखा–जितगढी पदयात्रा
बिहीबार, चैत २८, २०८१
नेपाली सेनाले विहीबारदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको हो ।

‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’
मंगलबार, चैत २६, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्ने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

बगनासकालीमा खागमौरीले टोकेर एक जनाको मृत्यु
मंगलबार, चैत २६, २०८१
जिल्लाको बगनासकाली –२ मा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो बगनासकाली–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको खागमौरीले टोकेर मृत्यु भएको हो ।