नवजनचेतना राष्ट्रिय दैनिक २०८२ पुस २७ गते आइतबार
आइतबार, पुस २७, २०८२
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते
शनिबार, पुस २६, २०८२
जिल्लाको रामपुर नगरपालिका–८ कुमराङ्गमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज साँझा रामपुरबाट भुजाततर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
विशेष महाधिवेशनको पक्षमा उभिए चन्द्र भण्डारी र सुनील शर्मा
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसका प्रभावशाली नेताहरु डा.चन्द्र भण्डारी र डा. सुनील शर्मा पनि विशेष महाधिवेशनका पक्षमा उभिएका छन् ।
काठमाडौंमा बढ्यो काँग्रेस विशेष महाधिवेशनको चहलपहल
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड अत्याधिक देखिन थालेको छ ।
काँग्रेसले देशैभरका पार्टी कार्यालयमा तीन दिन झण्डा झुकाउने
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
राष्ट्रिय सभाको गरिमा जोगाऊ
शनिबार, पुस २६, २०८२
आउँदो माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । रिक्त १८ सिटका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । जसका लागि ४४ जनाको उम्मेदवारी परेको छ ।
बैंकिङ कसुर मुद्दामा फरार पक्राउ
बिहीबार, पुस २४, २०८२
प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार अर्को एक व्यक्तिलाई पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुल्सिपुर, बुटवलको २०७७ फागुन १२ गतेको फैसलाअनुसार २२ दिन कैद र १८ लाख ८४ हजार जरिवाना ठहर भएपछि फरार रहेका रैनादेवी छहरा गाउँपालिका –६ का ४५ वर्षीय ओम बहादुर रास्कोटीलाई प्रहरीले पक्राउ गरेको...
रामपुर बालमैत्री पालिकाको अभ्यासमा
बुधबार, पुस २३, २०८२
जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारी थालेको छ । २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरेको नगरपालिकाले तयारी तिव्र पारेको हो ।
युवा जनशक्ति र सामाजिक सञ्जाल
बुधबार, पुस २३, २०८२
सामाजिक सञ्जालले युवालाई अभिव्यक्तिको खुला मञ्च दिएको छ । आफ्ना विचार, सिर्जना, समस्या र अभियान प्रस्तुत गर्ने अवसर उनीहरुले पाएका छन् ।


