Shittalpati
अचम्मको  पवित्रता  

गण्डकी र विष्णुका कथा होस् वा बृन्दा र विष्णुका कथा । कथा र गाथा पञ्चकन्या मानिने कुन्ती, द्रौपती, अहिल्या, मन्दोदरी र ताराका पनि छन् । पौराणिक र पुराणका कथा बाचन  गर्ने र श्रवण गर्नले कथाका चरित्र  आफ्नै जीवनमा संगत, अनुसरण र सहन गर्न सक्छन् जस्तो भने लाग्दैन । जुन चरित्र,लिला  कथामा स्तुतीय हुन्छ व्यवाहारमा त लज्जा, अपहेलना, दुष्चरित्र हुन्छ । तर  प्रवचन र श्रवणमा कसरी मुग्ध हुन्छम्  अचम्म छैन र ? कृष्ण र  गोपीनीका लिला, महादेव मृगिणीसँग काम उत्तेजित भै स्खलित हुँदा सुन, चाँदी बनेका कथा कसरी बने गाथा । बिउटीफूल र शक्तिशालीका आचरण लिला, सुने सुनाएमा धर्म, कमजोरले अनुसरण गरेमा कुकर्म । बिचित्र  पाराले कथा भन्छन्  विशेष गरी विदेशी कथा वाचकहरु । स्रोता महिला बाहुल्य देखे  र सहरमा भए महिला महिमाका गाथा, पुरुष बाहुल्य देखे र ग्रामीण भेगमा भए पौरूषयका वर्णन् बिचित्र  गर्छन् ।

कुन्ती  शक्तिशाली घरानाकी थिइन, उनले अविवाहित अवस्थामा कुरारित्व तोडिन्,बच्चा जन्माइन् र नदीमा बगाइन् ,विवाह पछि पनि तीन जना पुरुषसँग संसर्ग गरि बच्चा जन्माइन् । द्रौपतिले पाँच जना पुरुषलाई पति मानिन् । कुन पति, जेठाजु र देवर । ऋषि पत्नी भएर पनि अहिल्या इन्द्रको रुपमोहित भइन् र संसर्ग  गरिन् । ताराले सुग्रिवलाई छोडेर वलशाली जेठाजुसँग पोइल गइन् । बाली मारिए पछि फेरि सुग्रिवलाई पति मानिन् । मन्दोदरीले रावण मारिए पछि विभुषणलाई अपनाउन बाध्य भइन । यिनिहरु पञ्चकन्या  कहलिनु अचम्म मानिदैन किन होला ? बृन्दालाई पनि समावेश  गरेर षड्कन्या माने कथाकारको के पो जान्थ्यो र ।

कथा प्रसँग गण्डकी र शालिग्रामको झन रोचक छ । कुनै समयमा गण्डकी नामकी एउटी नारी थिइन् रे । उनी नामुद वेश्या थिइन् रे । दैनिक  कैयौ पुरुषसँग संसर्ग  गर्थिन् रे । नदीमा नुहाउन  जादा एक  दिन  एक जना ऋषिसँग  जम्काभेट भए छ । आफुले गरिरहेका कुकर्मको पापबाट मुक्त हुने उपाए ऋषि समक्ष सोधिन् । ऋषिले वेश्या कर्म छोडेर धर्मकर्मको मार्ग बताए । आफुलाई संभोगको नशा लागेकोले आदत बनेको कर्म छोड्न असम्भव भएकाले अरु नै उपाय बताउन बिन्ती गरिन् । तब ऋषिले त्यस्तो भए एक दिनमा एउटा मात्र पुरुषसँग  एक दिनकै सहि पति मानेर कर्म गर भनेछन् । उनले त्यो  अभ्यास तिनै ऋषिबाट उद्घाटन गरिन् । ऋषिलाई आफ्नो  निवासमा लगिन् । पाँऊ धोईदिइन् । रेसमी रूमालले पांऊ  पुछि दिइन् । भित्र लगेर आसनग्रहण गराइन् । स्वादिष्ट व्यञ्जन तयार  गरेर भोजन गराइन् ।  रातिमा रतिकृडा गरिन् र बिहानै  प्रणाम गरेर विदा गरिन् । एवम्  रितले हरेक दिन फरक–फरक पुरुषलाई पति मानेर निशुःल्क सेवा दिइन् ।

एक दिन बिष्णु भगवान् गण्डकीको पतिब्रता परीक्षण गर्न साधारण भेषमा उनकोमा गए । अरुलाई जस्तै आदर सत्कार गरेर रातिमा  रतिकृडा गरिन् । बिहान हुनु पुर्व प्रस्थान गराउन उठाउन खोजिन् । तर विष्णुले मरेको नाटक गरे , अनेक गर्दा पनि उठेनन् । अनि गण्डकीले गाउँलेलाई  खबर गरिन् । अधिकांश गाउँले पुरुष उनका एक दिनका पति बनेका  थिए । सहजै सबै विष्णुका  मलामी बने ।  सोह्र श्रृङ्गार गरेर उनी पनि पछिपक्षी गइन् । मलामीले उनलाई फर्कन सुझाए ।  तर उनि मानिनन् । चिता तयार भए पछि मृतकलाई चितामा राखियो । उनी पनि चितामा सुतिन सति जाने भनेर । पुरानो चलन मलामीले रोकेनन् । चितामा  आगो दिने समयमा उनले रोकिन्  र भनिन् मैले  ऋषिको बचन अनुसार पतिब्रता गरेकी रहेछु भनि हे अग्नी आफै प्रकट भएर जलाऊ । नभन्दै  अग्नी  दनकन शुरु गरे । मरेको  नाटक गरेका विष्णुले एक आँखा अलिकति  खोलेर हेरे, गण्डकीले साच्चिकै शरिर समर्पण  गरेकी पाए । अनि एक क्षण पछि दुबै आँखा खोलेर विष्णु स्वरुप देखाउँदै आफु भगवान्  भएको  र पतिब्रता परीक्षण  गरि  सहि ठहरिए मोक्ष गराउन आएको भने । गण्डकी त समर्पण  गरिसकेकी थिइन , विष्णुलाई   नाटकी शरिर  जलेर फरक परेन । जल्दै गर्दा विष्णुले जलिरहेकी गण्डकीलाई तिमी बैकुण्ठ बासी भयौ भने । अनि अरुका लागि तिमी कालिगण्डकी  र म शालिग्रामको रुपमा रहने छौ । तिमीमा नुहाउने र मेरो दर्शन पुजा पाठ गर्ने बैकुण्ठ जाने छन् । 

अनेक काम छोडेर हामी गण्डकी स्नान , शालिग्राम पुजन , यस्तै कथा गाथा सुनेर धन्य अहो ! महशुस गरेका छौ । सत्य तथ्य  कथा भन्ने पण्डित जानुन् । कथा सुन्ने हाम्रो काम पत्याउने हो । नपत्याएर अधर्मी कहलिनु छैन् । तर गण्डकी हुन र पञ्चकन्या जस्तो हुन सुहाउने  विषय क्षेत्र होइन् होला  ।  हया,  लज्जा राख्ने काम गाथा सुन्नेको हो । कथा गाथा भन्नेको पनि आफनै बाध्यता होलान् । नयां पुराण रचना गर्ने र छुट्टै  गाथा  कथा भन्न त ऋषि अवतार  हुन पर्‍यो । नेपालभूमिमा ऋषिहरुले उहिल्यै अवतार  सकेर पलायन   भैसके । अरु नै भूमिका ऋषिले रचना गर्छन् र नयाँ कथाकार पठाउछन् होला  । नयां शैलीमा कथा सुन्न पाए गाथा पनि  गाउँने हो । नयाँ–नयाँ कथा गाथा पनि पाए, सके सम्म सुन्ने हो । नसुन्ने  र  सुनेर  पनि होइन  भनेर अधर्मी  कहलिनु छैन ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update