Shittalpati
कक्षा १२ को नतिजामा  ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

पाल्पा, कक्षा १२ को परीक्षामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी उत्र्तीण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी उत्र्तीण भएका हुन् ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यस वर्ष नियमिततर्फ उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत रहेको छ । समग्रमा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएकामा बोर्डले ४० दिनभित्रै प्रकाशन गरेको हो । नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रति विषय एक हजार रुपैयाँ शुल्क तिरेर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म पुनर्योग (रिटोटलिङ) का लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update