भोलि देशभर सार्वजनिक विदा
बुधबार, चैत २८, २०८०
रेसुङ्गामा नागरिकसंग मेयर कार्यक्रम
मंगलबार, चैत २७, २०८०
रेसुङ्गा नगरपालिकाले ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने नाराका साथ दोश्रो चौमासिक अवधिमा नागरिकसंग मेयर कार्यक्रमको आइतबारदेखि शुरु गरेको छ । सार्वजनिक सुनुवाई सहित नागरिकका गुनासो अनि प्रतिक्रियाका आधारमा भावी योजना निर्माणमा यो कार्यक्रम कोशेढुंगा सावित हुने धारणा नगर प्रमुख खिलध्वज पन्थीको छ ।
निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ : सांसद राना
मंगलबार, चैत २७, २०८०
लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा काँग्रेसका युवा नेता वीरबहादुर रानाले हाम्रो व्यवस्थाले जनताको अवस्था बुझ्न नसक्दासम्म संघीय गणतन्त्रको परिभाषा स्पष्ट हुन नसक्ने बताएका छन् ।
आज नीमको पात खाने दिन
मंगलबार, चैत २७, २०८०
आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्वका रूपमा बुझाउँछ ।
सुनको भाउ उच्च, तोलाकै एक लाख ३६ हजार दुई सय
सोमबार, चैत २६, २०८०
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।
सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु
सोमबार, चैत २६, २०८०
सडकबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका एक वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग सडक छेउको नालीमा अचेत अवस्थामा भेटिएका वृद्धको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सोमबार मृत्यु भएको हो ।
काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको बैंठक रानीघाटमा
आइतबार, चैत २५, २०८०
नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको नियमित बैंठक पाल्पाको रानीघाटस्थित एक होटलमा भएको छ । पार्टी संगठनलाई मजबुद बनाउने उद्देश्यले काँग्रेसको बैंठक बसेको हो ।
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण
आइतबार, चैत २५, २०८०
जिल्लाको तानसेनमा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम भएको हो ।
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।
सहकारीमार्फत दुरदराजका नागरिकको जीवनस्तर सुधारौं : सांसद राना
आइतबार, चैत २५, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत दुरदराजका नागरिकहरुको जीवनस्तर सुधार गर्ने दिशामा लाग्न सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
बिहीबार, चैत २२, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बहुमत नजुट्ने देखेपछि बिहीबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् ।
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह
बिहीबार, चैत २२, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । गर्मीयाम सुरु भएसँगै डेंगुको जोखिम बढ्न थालेको भन्दै मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको हो ।


