आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
बिहीबार, असोज ११, २०८०

आज ‘विश्व रेबिज दिवस’ मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । नेपालमा पनि ‘एकका लागि सबै, सबैका लागि एक स्वास्थ्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज...

आज परमाणु हतियार निर्मूल दिवस
मंगलबार, असोज ९, २०८०
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ । सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने सुरु गरिएको हो ।

हिमालयन बैंकका ग्राहकलाई विशेष छुट
मंगलबार, असोज ९, २०८०
हिमालयन बैंकका ग्राहकहरुलाई विशेष छुट व्यवस्था गरिएको छ । देशभरका विभिन्न क्षेत्रमा बैंकका ग्राहकहरुले विशेष छुट पाउने छन् । जसका लागि बैंकले देशभरका १ सय ६० भन्दा बढी क्षेत्रमा छुटका लागि सम्बन्धित निकायसँग सम्झौता गरेको छ ।

पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु
सोमबार, असोज ८, २०८०
पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु
सोमबार, असोज ८, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । स्थानीय शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा काम गर्ने मजदुरको मृत्यु भएको हो ।

पत्रकार चापागाईंको रचनामा ‘परदेशी २’ फिल्मको गीत सार्वजनिक
सोमबार, असोज ८, २०८०
पत्रकार सतिस चापागाईको रचना, नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत बजारमा आएको छ । उक्त रचना रहेको भिडियो म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक भएको हो ।

तानसेनमा युवा जुनियर रेडक्रस गोष्ठी
सोमबार, असोज ८, २०८०
जिल्लाको तानसेनमा नगरस्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेनको आयोजनामा तानसेनस्थित पप नमुना माविमा एक दिने गोष्ठी भएको हो ।

स्वास्थ्यकर्मी शर्माद्वारा पाल्पा उद्योग वाणिज्य संघमा एक लाख २५ हजारको अक्षयकोष स्थापना
आइतबार, असोज ७, २०८०
स्वास्थ्यकर्मी रुक्मागत शर्माले पाल्पा उद्योग वाणिज्य संघमा १ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनले हरेक वर्ष सरकारी स्कूलमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने गरिब तथा जेहन्दार एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षकोष स्थापना गरिदिएका हुन् ।

टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै रामपुर नगर सरकार
आइतबार, असोज ७, २०८०
जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।

मैत्री क्लवद्वारा सरसफाई र अस्पतालका विरामीलाई फलफूल
आइतबार, असोज ७, २०८०
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले सरसफाईसँगै अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । क्लवले ४३ औं सामाजिक दिवसका अवसरमा टोल सरसफाईसँगै पाल्पा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

पाल्पाका पत्रकार भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार’
आइतबार, असोज ७, २०८०
पाल्पाको रामपुर–१० स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काउन्सीलको स्थापना दिवसको अवसरमा राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उनलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

नेवा : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल
आइतबार, असोज ७, २०८०
तानसेनका नेवार समुदायहरुको संगठित संस्था नेवाः गुठी तानसेनको अध्यक्षमा पुनः प्रकाश नाथ गोङ्गल चयन भएका छन् । गुठीलाई नेवार समुुदायको एकता, स्वतन्त्रता र सामनताको आधारमा सामुहिक र समन्वयात्मक रुपमा महत्वपूर्ण भूमिका खेलेकै कारण तानसेनमा भएको गुठीको प्रथम साधारण सभा एवं अधिवेशनले गोङ्गललाई अध्यक्षमा पुनः चयन गरेको हो ।