Shittalpati
केपी र रविको साठगाँठ : पसिनाले गिरीबन्धु

पछिल्लो समयमा राजनैतिक दलप्रति आमजनताको विश्वासको वातावरण पातलिदै गएको बखत एकाएक रवि लामिछाने टेलिभिजनको कार्यक्रमको प्रस्तोताबाट राजनैतिक दलको नेता बन्न पुगे । उनी सहकारी प्रकरणमा तानिु अगाडि पनि एउटा प्रकरणको विवादमा तानिए । त्यति बेला नै उनलाई कानुनी कठघरामा उभ्याउनु पर्ने थियो तर त्यति बेला उनी सबैको सहानुभूतिका पात्र भए । त्यसैले उनी कानुनी दायराबाट फुत्कन सफल भएका थिए । सहकारी प्रकरण, गिरीबन्धु टि–स्टेट के.पी ओलीसँग सौदावाजी भएका कारण जोगीन प्रयत्न गर्दै छन् तर यो सफल हुँदैन । पछिल्लो समय यी नै विषयमा देशको राजनीतिक रुमालिएको छ । यहाँ तिनै चर्चामा रहेका प्रकरणहरुका बारेमा केन्द्रीत रहेर चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।

सहकारी भनेको आर्थिक विकासको मुख्य मेरुदण्ड हो । यही सहकारीमा रगत पसिना बगाएर जम्मा गरेको रकम अपचलन हुनु भनेको आमजनताको तथा बचत कर्ताको रगत पिउनु जस्तै हो । जब यस्ता प्रकरणमा वर्तमान गृहमन्त्रीको नाम जोडियो । पल–पलमा उनको इमान जमान घिर्सिदै गएको छ । पहिलो त उनको नागरिता प्रकरणले कद होेच्याएको छ । राहदानीको मुद्धा अन्तिम किनारा लागेको छैन् । सहकारी र राहदानीबाट जोगिन जोगाउन उनी गृह मन्त्री भएका हुन । उनको अब आउने छबि माथि नै कालो बादल मडारिदै जानु हो । यस प्रकरणबाट जोगिन के.पी ओली र प्रचण्डको जति बलियो साथ र सहयोग भए पनि जनताको सहयोग कमजोर हुँदै जानु हो ।

तेह्रथुम जिल्लाको अठराई भन्ने गाउँ पहिलेदेखि नै फटाहा व्यक्तिको बोल वाला रहेको गाउँ हो । त्यही गाउँमा जन्मिएका के.पि ओलीको बलियो साथ भएका कारण संसदिय छानबीन र समिति गठन नभएको कारण हो । यही र यस्ता कारणले ओलीसँगै रविको पनि बर्वरता बढेको छ । हजारौं जनाबाट तमसुक गरेका रविले गिरीबन्धु टि–स्टेट जमिन ओलीसँग एक आपसमा सहयोग गर्ने सम्झौंता भएपछि रविले काँग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गर्ने भनेर भ्रमको खेति गरेका हुन । ओली जस्तै रवि समेत भ्रष्टचारमा नराम्रोसँग डुबेका छन् । रविका प्रकरणमा कान्तिपुर दैनिकीले प्रमाणसहित निरन्तर रुपमा समाचार प्रकाशन गरेपछि कान्तिपुरका लागि रवि, ओलीले षड्यन्त्रको प्रपञ्च रचेका हुन भनेर बुझ्न कठिन छैन् ।

पुराना ठूला दलहरु भ्रष्ट र गफाडी मात्र भए भनेर रविले नयाँ पाटी खोलेका हुन् । यहाँ त राम्रा असल स्वच्छ छवि भएका भ्रष्टचारको दाग नलागेका नयाँ पुस्ताहरुको नेतृत्व हुने छ भन्ने आमजनताको बुझाई रहेको थियो । तर रविलाई सबै भन्दा पहिला आफ्नै पार्टीका नेता ढाका कुमार श्रेष्ठले उनको असली रुप देखाइदिएपछि  नागरिता, राहदानीको विषय किनारा नलाग्दै फेरी सहकारी प्रकरणमा फस्नु पर्‍यो ।

संसदमा बोल्ने क्रममा उनी धेरै बोल्नुको अर्थ पनि विक्षिप्त मानसिकताको उपज हो । हिजो टि.भीमा कार्यक्रम प्रस्तोता भएका बखतको शैली थियो । संसदमा उनले त्रिचन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेवसाइड डिजाइन, बाख्रापालन, वि.पी कोइराला स्वास्थ्य अध्ययन प्रतिष्ठानको उप–कुलपति, रातो पासपोर्ट, वाइडबोडी जहाज खरिद प्रकरण नक्कली भुटानी शरणार्थी, टिकापुरको जमिन, देशको संवेदनशील सूचना विदेशीलाई बिक्री गरेको जस्ता आरोप लगाए । रविले यस्ता कुरा विगतमा पनि उठाएनन् उनले सोचे सुपो बजाएर हात्ती धपाउछु भनेर त्यो पनि स्वविवेकले थिएन । उनले ३३ किलो सुन काण्ड, लडाकु व्यवस्थापनका लागि सरकारबाट लिगेको पेश्की, गिरीबन्धु टि–स्टेट ,सेक्युरिटी प्रेस प्रकरणको ७० करोड, कोभिडको समयमा ओम्नी समूहले गरेको स्वास्थ्य सामग्री खरिद प्रकरण, ढाकाकुमार प्रकरणका अडियो फाइल खोल्ने उनीसँग आट र हिक्मत नै छैन । यस्ता काण्डहरुमा सत्ता साझेदार माउ पार्टीका नेतृत्व नै सामेल भएका छन् । सहकारी प्रकरणमा अब कही कतैबाट विषयान्तर हँदैन र हुन पनि हँदैन । यससँग गिरीबन्धु टि–स्टेटको समेत प्रक्रिया अगाडि बढ्दा यिनीहरुको छबि हिलोमा मिल्ने हँदै विक्षिप्त अवस्थामा पुगेका हुन दुवै जना । 

सहकारी प्रकरणको फाइल खोल्दा गिरीबन्धुको बन्द त हँदैन । यस विषयमा मेडिकल व्यवसायी दुर्गा पसाइले जस्ताको तस्तै विवरण सार्वजनिक गरेको कुरा हो । तर सम्मानित अदालतले समेत फैसला गरेपछि । ओलीको प्रतिक्रिया बर्वर बर्वर गरेको थियो । मुलुकमा आमजनताको बलिदानबाट उपलब्धी खतरा पर्‍यो भने ओलीका कारणले नै पर्ने हो । प्रचण्ड केही होइन ? प्रचण्डलाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत द्धन्दकालिन मुद्धा किनारा लगाएपछि उनको राजनैतिक भविष्य तथा बाटो सदाका लागि अन्त्य हुनेछ । सहकारी प्रकरणमा छानविन आयोग गठनका लागि प्रचण्ड सकारात्मक नै छन् । केवल दवाव ओलीको हो । टिआरसी प्रकरणमा फसिने ठूूलो डर छ । त्यसैले उनको मनोपोली रहेका कारण राजनैतिकमा उनी अस्थिर छन् । यो प्रकरण भोलीका लागि त्यति सहज देखिदैन् । त्यसमा पनि नेपाली काँग्रेसलाई लक्षित गरेर प्रचण्डको काधमा बन्दुक राखेर ओली बन्दुक फड्काउदै छन् तर कहिले काँही बन्दुकको नाल आफै तिर फर्किएर फड्क्न सक्छ भन्ने कुरा ओलीलाई हेक्का छैन् ।

पार्टीमा हैकमवादी तथा सामन्तवादी चिन्तन भएका ओलीका कारण संसदमा मार्सल लगाउनु भनेको संसदीय अभ्यास, परमारा माथि कालो धब्बा लगाउनु हो । हजारौं जनता आज सहकारी पीडीत भएका छन् । यस विषयमा कुरा उठाउँदा आफु माथि अभद्र व्यवहार भयो भनेर विषय वस्तु अन्यत्र मोडन खोजियो तर यस विषयको वास्तविकता के हो ? भन्ने विषयमा घाम जस्तै छर्ल· भएको छ । यो मुलुकमा जति भ्रष्टचार भएको छ ओलीको पालामा भएको छ । पञ्चायती र राणाकालिन समयलाई किन जोड्नु प¥यो र राणा भन्दा र श्री ५ भन्दा ठूूला भ्रष्ट नेताहरु अहिले गणतान्त्रिक व्यवस्थामा देखिएको र भोगिएको छ । अहिले अदालतबाट फैसला भई पूूर्ण पाठ आएपछि ओलीका लागि समेत दिनगन्ती सुरु भएको महसुस भएका कारण रवि लक्षित समिति गठन हुन कठिन भएको सत्य हो । भनिन्छ मानिस मर्नु सामान्य हो तर काल पल्किनु ठूूलो हो ।  
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update