Shittalpati
रामपुरमा गोरु हत्या गर्ने पक्राउ

पाल्पा, जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८  वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई उनीहरुले कोदालो प्रहार गरि हत्या गरेका थिए । गोरु हत्या गरेको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको  प्रहरी टोलीले बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । ति व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई  थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update