Shittalpati
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ

संगीता आचार्य
पाल्पा ,
 बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।  महिलालाई बोक्सीको आरोप लगाई  कुटपिट गर्ने बगनासकाली गाउँपालिका–९ का २९ वर्षीय  पदम बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय पाल्पाबाट अनुसन्धान अधिकृत सहित खटिएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको छ । भैसी बिरामी भएको भन्दै झारफुक गर्न बस्याल समक्ष पुुगेकी ती महिलालाई गत ६ गते बोक्सीको आरोप लगाई बस्यालले कुटपिट गरेको प्रहरीले जनाएको छ । बस्यालले विगतदेखि नै गाउँमा झारफुक गर्दै आएका थिए ।

कुटपिटबाट घाइते भएकी ती महिलाले बोक्सी आरोप कसुर अन्र्तगत कारवाही गरी पाउँ भनि प्रहरीमा निवेदन दिएपछि प्रहरीले बस्याललाई पक्राउ गरेको हो । घाइते महिलालार्ई छिमेकी आएर उद्दार गरेका थिए । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update