Shittalpati
समुदायको पर्व ‘उभौली’

किरात समुदायको चाड उभौली विहिबारबाट सुरु भएको छ । विधिवत पूर्जाआजा सहित एक यो पर्व एक महिनासम्म मनाउने गरिन्छ । विशेष गरी यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् । सरकारले समेत यो पर्वलाई २०५८ सालमा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । यस चाडलाई याक्खाले चासुवा, सुनुवारले फोलस्याँदर, लिम्बुले चासोक तङनाम र राईले साकेला भनेर मनाउँने गर्दछन् ।

प्रकृतिपूजक किराँतहरुले मनाउने यो पर्व एउटा समय–सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किराँतका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन सुरु गरेका हुन् । किराँत परम्परा अनुसार उधौली र उभौली पर्व मनाउने बेला नागपूजा/भूमेपूजा गरी साकेवा कुबी(धामी)ले खोलाबाट सखेवालुङ (पूजाथानमा पुजिने अण्डा आकारको ढुङ्गा) निकालेर साकेला थानमा चढाउनु पर्ने प्रचलन छ ।  खास गरी यो चाड कृषि कर्ममा आधारित भएर मनाउने गरिन्छ । बैशाख पूर्णिमामा पर्ने यो पर्वमा प्रकृति भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पुजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ । वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न बैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न लेकतिर बसाई सर्ने भएकाले ‘उधौली’ भन्ने चलन छ ।

 उँभौली पर्व वैशाखे धान्य पूर्णिमाका दिन सुरु भई पञ्चमीका दिन अन्त्य हुन्छ । किरात चाड ‘साकेला’ मात्र भनेर बुझ्ने  गरिएको छ । यो गलत हो । यसो गर्नुले जातीय भाषिक विविधतालाई ओझेलमा पार्नु हो । यसो गर्नु हुँदैन । समुदायको पर्वलाई ओझेलमा पारेर जातिको पर्व हो भन्ने अवस्था आउन दिनु हुँदैन । यसले सिंगो किरात समुदायको पर्वलाई नै ओझेलमा पार्ने गर्दछ । आफ्नो परम्परा, मौलिक संस्कृति र चाडपर्व जोगाउन विविधतालाई लुकाउन मनासिब हुन्न । यसर्थ समुदायको यो पर्वलाई सबैले खुलेर प्रचार गरौं ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update