आगलागी प्रभावितको राहत र उद्धारमा खटिन गुल्मी काँग्रेसको अपिल
सोमबार, वैशाख १०, २०८१
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
सोमबार, वैशाख १०, २०८१
आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।
दललाई आयोगले माग्यो स्पष्टीकरण
आइतबार, वैशाख ९, २०८१
निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने दलहरुलाई स्पष्टीकरण सोधेको हो । उसले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश समेत गरेको छ ।
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते
आइतबार, वैशाख ९, २०८१
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी भएको छ । सुक्खा खडेरी बढेसँगै यहाँका वन र वन नजिकै रहेका वस्तीहरुमा आगलागी भएको हो । केही दिनयता जिल्लाका विभिन्न ठाउँहरुमा आगलागी भइरहेको छ । यहाँ आगलागीका कारण दर्जनौं घर, गोठ, पशुचौपाया जलेका छन् भने केही व्यक्तिहरु घाइते समेत भएका छन् ।
आज महावीर जयन्ती
आइतबार, वैशाख ९, २०८१
आज महावीर स्वामी जन्म जयन्ती देशभर मनाइँदै छ । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।
आज विश्व सम्पदा दिवस मनाइँदै
बिहीबार, वैशाख ६, २०८१
आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।
मनाइयो ‘रामनवमी’ पर्व
बिहीबार, वैशाख ६, २०८१
चैत्र शुक्लपक्ष नवमीको दिन पारम्परागत रुपले मनाइदै आएको रामनवमी बुधबार धूमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको हो ।
उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर
बुधबार, वैशाख ५, २०८१
नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर रहेको हो ।
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण
सोमबार, वैशाख ३, २०८१
पाल्पाली अग्रज साहित्यकार सुब्बा स्व. कृष्णप्रसाद लाकौलद्वारा लिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गितासार’ कृतिको लोकार्पणसँगै विमर्श गरिएको छ ।
गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो
आइतबार, वैशाख २, २०८१
चैत २७ गतेदेखि दोस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आइतबार पाल्पा आइपुगेको हो ।
पाल्पाका पत्रकार भण्डारी काठमाडौंमा पुरस्कृत
आइतबार, वैशाख २, २०८१
पाल्पाको रामपुरमा स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पुरस्कृत गरेको छ ।
नयाँ शैक्षिक सत्रका लागि देशैभर भर्ना अभियान सुरु
आइतबार, वैशाख २, २०८१
नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का लागि विद्यार्थी भर्ना अभियान देशभर सुरु भएको हो ।
आज ‘इदउलफित्र’, सरकारले दियो सार्वजनिक विदा
बिहीबार, चैत २९, २०८०
इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरी आज ‘इदउत्रफित्र’ मनाउँदै छन । रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउने गर्दछन् ।


