Shittalpati
मुझुुङको कालिका मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड

पाल्पा,पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ मुझुङमा रहेको ऐतिहासिक धार्मिकस्थल कालिका मन्दिरमा क्यूआर कोड सञ्चालनमा ल्याइएको छ । एक औपचारिक कार्यक्रमकाबिच माछापुच्छ्रे बैंकको क्यूआर कोड सञ्चालनमा ल्याइएको हो । डिजिटल भुक्तानीको प्रयोगले धार्मिक क्षेत्रमा हुने आर्थिक अनियमितता रोकिने र सर्वसाधारणलाई सहज हुने भएकाले मन्दिरमा क्यूआर कोड स्क्यान गरी दान–दक्षिणा दिने प्रचलन शुरू गरिएको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार , पूर्व डिआइजी तथा समाजसेवी राम कार्कीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, बैंक पाल्पा शाखाका प्रवन्धक विनोद थापाले संयुक्त रुपमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेश कार्कीलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । क्यूआर कोड हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष भट्टराईले मन्दिरमा आउने दशनार्थीहरुका लागि क्यूआर कोडले महत्वपूर्ण टेवा पुुग्ने विश्वास व्यक्त गरे । उनले मन्दिरको आर्थिक पक्षलाई समेत यो सेवाले पारदर्शी बनाउने बताए । समयको माग अनुसार बैंकले वित्तिय क्षेत्रमा काम गर्दै आएको बताउदै अध्यक्ष भट्टराईले मन्दिर पसिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएकोमा बैंकलाई धन्यवाद दिए ।

बैंकका शाखा प्रवन्धक थापाले माछापुच्छ्रे बैंकले भेटी र दक्षिणालाई डिजिटल प्रविधिमार्फत व्यवस्थापन र प्रयोगकर्ताको सजिलोका लागि क्यूआर कोडको व्यवस्था गरेको बताए । नगदरहित कारोबारलाई प्रोत्साहन गर्न क्यूआर कोड स्क्यान गरी मोबाइलबाटै दान गर्न मिल्ने सुविधा दिइएको उनको भनाई छ ।

यो सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्ने छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले हिजो आज मन्दिरमा आउने दशनार्थीहरुले क्यूू आर सेवा खोज्ने गरेको बताए । उनले उनीहरुको सेवालाई मध्यजनर गरेर नै बैंकसँग सहकार्य गरी उक्त सेवा लिन सफल भएको बताए । अध्यक्ष कार्कीले अहिलेको युुग भनेको प्रविधिको युुग भएकाले मन्दिरको व्यवस्थापनलाई समेत प्रविधिसँग जोड्ने काम गरेको बताए ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष तथा समाजसेवी विष्णुप्रसाद पोखरेल, समाजसेवीहरु रेवन्तबहादुर कार्की, चित्रबहादुर रायमाझी, टिका पोखरेल, अमरबहादुर कार्की, हरी रायमाझी, शिक्षक यमलाल घिमिरे, पत्रकार भुवन रायमाझी, सरक्षार्की लगायतको उपस्थिति रहेको थियो ।   

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update