संगीता आचार्य
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका– ९ स्थित चिलाङदी– चापपानी–राम्दी अन्तर्गत मालारानी सडक खण्ड पुनः बन्द हुने भएको छ । सो सडकमा ढलान सेट हुन र क्युरीङ गर्नु पर्ने भएकाले थप २१ दिन सडक बन्द हुने भएको हो ।
गत चैत २५ गतेदेखि यही ३० गतेसम्मका लागि पूूर्ण रुपमा बाटो बन्द गरी ढलान निर्माण कार्य भएको छ । ढलान निर्माण कार्य सकिए पनि ढलान सेट हुन केही समय लाग्ने भएकाले पुनः समय थप गरिएको बगनासकाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनालद्धारा जारी सूचनामा उल्लेख छ ।
‘ढलान निर्माण कार्य सम्पन्न भइसकेता पनि ढलान सेट हुन थप २१ दिन आवश्यक पर्ने भएकाले आवागमन बन्द गर्ने कार्यमा सहजीकरण गरिदिनुुहुन भनि पत्रद्वारा लेखि आएको हुँदा उक्त बाटोमा ढलान सेट हुन र क्युरीङ गर्नु पर्ने भएकाले २०८१/१/३० गतेदेखि २०८१/२/२० सम्म थप २१ दिन उक्त बाटोमा सवारी आवागमन बन्द गरी सहयोग गरिदिनुुहुुन सूचित गरिन्छ’ सूचनामा भनिएको छ ।


                                        
                                        
                                        
                    
                    
                    